सशस्त्र प्रहरीका एसपी शाहीको काठमाडौ सरुवा-jumladarpan.com

सशस्त्र प्रहरी ३३ नं. गण त्रिपुरा जुम्लाका एस पी लाल बहादुर शाही सरुवा भएका छन । जुम्ला जिल्लाको सुरक्षा गर्ने क्रममा जुम्ला बाट सरुवा भएका उनी अब राजधानीमा सेवा गर्ने भएका छन ।

उनका अनुसार एक वर्षको अबधिमा आफुले जुम्ला जिल्लाको शान्ति सुरक्षा गर्दै गर्दा आएका अभाव समस्या भने सहजै समाधान भएका थिए ।

आफुले जुम्ला लाई रोजेर आएको भन्दै एक वर्ष सेवा गर्न पाउँदा खु सी भएको बताए । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार सशस्त्र प्रहरीले तातोपानीको शान्ति सुरक्षामा ठुलो सहयोग पुर्याएको बताए ।

जुम्लाका अरु स्थानीय तहहरु भन्दा सुरक्षाको हिसाबले तातोपानी ढुक्क भएको बताए । उनले सरुवा भएर जाने एसपी लालबहादुर शाही लाई विधाई गरेका थिए भने नयाँ आउने एसपी निल कमल आचार्य लाई स्वागत गरेका थिए ।

त्यस्तै तातोपानी ६ का अध्यक्ष बिशाल खड्काका अनुसार सरुवा भएर जाने एसपी शाहीले जिल्लामा गरेको सुरक्षा र उनको कामको प्रसंशा गर्दै उनलाई विधाई गरेका थिए।