जुम्ला : जिल्लाकाे ताताेपानी गाउँपालिका साक्षर घाेषणा भएकाे छ । साेमबार एक औपचारिक समाराेहका बीच गाउँपालिकालाई साक्षर घाेषणा गरिएकाे हाे । एक समाराेहका बीच गाउँपालिकाका ९५.७७ प्रतिशत नागरिक साक्षर रहेकाे घाेषणा गरे ।
उनका अनुसार साक्षर नेपाल, कर्णाली र जुम्ला घाेषणा गर्ने अभियान अन्तगर्गत तातोपानीलाई साक्षर घाेषणा गरिएकाे हाे ।
प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले गाउँपालिकाकाे समग्र शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार राष्ट्रिय जनगणना २०७८ अनुसार गाउँपालिकाकाे कुल जनसंख्या १५ हजार ५ सय ७५ जना रहेको छ ।
घरधुरी संख्या साक्षरता सर्वेक्षण २०८१ अनुसार ३ हजार ५ सय ३० जना रहेका छन् । गाउँपालिकाकाे साक्षरता सर्वेक्षण २०८१ अनुसार १५ देखि ६० वर्ष सम्मकाे जम्मा साक्षर जनसंख्या ११ हजार ३ सय ३३ जना रहेका छन् ।
गाउँपालिकामा ५०९ जना निरक्षर छन् । गाउँपालिकाकाे वडा नम्बर १ मा ९५.७५,वडा नम्बर २ मा ९६.८९ र वडा नम्बर ३ मा ९४.७४ प्रतिशत साक्षर छन् ।
वडा नम्बर ४ मा ९३.६९, वडा नम्बर ५ मा ९८.७४, वडा नम्बर ६ मा ९५.५९ , वडा नम्बर ७ मा ९३.२७ र वडा नम्बर ९५.०५ प्रतिशत नागरिक साक्षर छन् ।
जुम्ला दर्पण । १४ आश्विन २०८१, सोमबार १४:३५