महिला उद्यमी पुरस्कार-२०८१’ बाट उद्यमी नारायणी चाैलागाँई सम्मानित-jumladarpan.com

जुम्ला । सक्रिय राजनीति संगै उद्यमशीलतामा जमेकी ताताेपानी गाउँपालिका वडा नं ५ निवासी उद्यमी नारायणी चाैलागाँई सम्मानित भएकी छन् । उद्यमशीलता मार्फत महिला शसक्तिकरण,राेजगारी सृजना तथा आर्थिक विकासमा उल्लेखीय याेगदान पुराएकाे भन्दै ‘महिला उद्यमी पुरस्कार-२०८१’ बाट उद्यमी चाैलागाँई सम्मानित भएकी हुन् ।

११५ ओैँ अन्तराष्टि्य नारी दिवसका अबसरमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा आयाेजित एक समाराेहका बीच उद्यमी चाैलागाँईलाई नगद १ लाख सहित सम्मानपत्र हस्तान्तरण गरिएकाे छ ।

उद्यमी चाैलागाँईले स्थानीय उत्पादनकाे उपभाेग तथा प्रशाेधन,महिलालाई राेजगारीमा आर्कषित गर्ने र राजनीतिलाइ सेवा मुलक बनाउन आफू आत्मनिर्भर हुनु पर्ने सन्देश प्रवाह गर्न केही वर्ष अघिबाट ‘सृष्टी एण्ड संसार फलफूल उत्पादन तथा प्रशोधन उद्योग’ संचालन गर्दै आएकी छन् ।

ताताेपानी-५ ऐैरेनीमा संचालित उक्त उधाेगले महिलालाई राेजगारीसंग जाेडेर आत्मनिर्भर बनाउनुपर्छ भन्ने उदाहरण मात्र मात्र बनेकाे छैन् । स्थानीय उत्पादित वस्तुकाे गाउँकै प्रशाेधन गरि बजारमा पठाउन सकिन्छ भन्ने सन्देश पनि दिएकाे छ ।

उनकाे उद्योगमा अर्गानिक स्वादकाे अचार संगै जुम्लामा उत्पादन हुने सबै वस्तु सस्ताेमा उपलब्ध हुन्छ । दिनमा राजनीतिक कार्यक्रममा सक्रिय भएपनि विहान र बेलुकाकाे समयमा उनले उद्योगमा दिने गरेकी छन् । राजनीति संगै निरन्तर उद्यमशीलतामा लागेकै कारण नारायणीलाई जिल्ला देखि प्रदेश स्तरका सम्मान तथा पुरस्कारले पछ्याईरहेका छन् ।

स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै आर्थिक विकास र समृद्धिमा पुऱ्याउनु भएको योगदानको सम्मान र उच्च मूल्याङ्कन गर्दै जुम्ला जिल्लाबाट उत्कृष्ट महिला उद्यमीको रुपमा छनौट भएकी थिईन् ।

उनलाइ ११५ औ अन्तराष्ट्रिय महिला दिवसको सु-अवसरमा महिला उद्यमी पुरस्कार २०८१ बाट सम्मानित गरिएकाे हाे । जुम्लाकी नारायणी चाैलागाँईसंगै कर्णाली प्रदेशका ८ जना महिला उद्यमी जनही एक लाख पुरस्कार सहित सम्मानित भएका छन् ।