जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ स्थित धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको नदै गुफाको पर्यटन प्रवर्द्धन गरिने भएको छ । पालिकाले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी प्रचारप्रसार गर्ने उद्देश्यले संरक्षण र प्रवर्द्धनको पहल थालेको हो ।
नदैको प्रचारप्रसार, गुफा परिसरमा मन्दिर पुनःनिर्माण तथा संरक्षणका लागि संघीय सरकारबाट प्राप्त सर्शत अनुदानमार्फत ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए ।
गुफा ऐतिहासिक रुपमा महत्त्वपूर्ण मानिए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको गुनासो स्थानीयको छ । ऐतिहासिक यस गुफालाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पालिकाले पहल थालेको गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए ।

जुम्ला दर्पण । १४ असार २०८१, शुक्रबार १६:३७