जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ५ स्थित फानचौरमा निर्माण हुने जेष्ठ नागरिक केन्द्रको शिलान्यास गरिएको छ । उक्त संघीय सरकारको दुई करोड बढी लगानीमा निर्माण हुने सुविधायुक्त भवन निर्माणको प्रतिनिधि सभा सदस्य विनिता कठायतले शिलान्यास गरिन् ।
केन्द्रको शिलान्यासपछि बोल्दै प्रतिनिधि सभा सदस्य कठायतले चालु आवमा कार्यान्वयन हुने गरी संघीय सरकारले दुई करोड पाँच लाख विनियोजन गरिएको बताइन् । उनका अनुसार जिल्लाका आठ पालिकामध्ये तातोपानीमा पहिलो न्येष्ठ नागरिकको सुरक्षार्थ भवन गर्न लागिएको हो ।
उक्त अवसरमा बोल्दै तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले पहिलो वर्ष एकतले सुविधायुक्त भवन निर्माण हुने बताए । करोडौँ मूल्यमा निर्माण हुने केन्द्रलाई समयमै सम्पन्न उद्देश्य रहेको अध्यक्ष चौलागाईले बताए । उनका अनुसार भवनभित्र बैठक कक्ष, मनोरञ्जन हल, पदाधिकारी कार्यकक्ष, खानेपानी धारा, शौचालय, घेराबार, कार्यालय परिसर लगायतका संरचना निर्माण गरिनेछ ।
ज्येष्ठ नागरिक संघ तातोपानीका अध्यक्ष दल खड्काका अनुसार केन्द्र निर्माणले तातोपानीका जेष्ठ नागरिकलाई राहत मिल्नेछ । पालिकास्तरमा संघ गठनपछि निरन्तर पालिकामा माग गरिएको र अहिले माग पूरा भएको अध्यक्ष खड्काले बताए ।
गाउँपालिका अध्यक्षले पहल गरिदिएपछि सांसद कठायतले बजेट विनियोजन गरिदिएको भन्दै धन्यावाद प्रकट गरे ।
सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय मातहत भवन बन्ने छ ।
तातोपानीमा जिल्लाकै ज्येष्ठ नागरिक संगको भवन निर्माणका लागि तातोपानी गाउँपालिका ५ निवासी मनशोभा चौलागाईले निःशुल्क प्रदान गरेकी छन्। पालिकास्तरीय ज्येष्ठ नागरिक संथको भवन निर्माणका लागि फानचौरमा रहेको २ हजार २० वर्गमिटर जागा निःशुल्क दान गरेकी हुन्।
जुम्ला दर्पण । ९ बैशाख २०८२, मंगलवार १६:५१