छिरिङ ल्यामु लामा तामाङ एक जनजाति नेतृ तथा नेकपा माओवादी केन्द्रकी समानुपातिक सांसद हुन्, जो कर्णालीको दुर्गम जिल्ला जुम्लाबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभामा जानुभएको हो। मुगाली चेलीको रूपमा चिनिने छिरिङले आफ्नो जन्मथलो र कर्मथलो दुबैलाई समेट्दै जुम्ला र मुगु जिल्लाको समग्र विकासका लागि निरन्तर संघर्ष गर्दै आउनु भएको छ।
विकास र परिवर्तनको सपना बोकेर राजनीतिक यात्रामा होमिएकी छिरिङ दिन–रात नभनी, भोक–तिर्खाको पर्वाह नगरी, राज्यले लामो समयदेखि पछाडि पारेका जुम्ला र मुगु जिल्लामा अथाह बजेट ल्याउन सरकारलाई दबाव दिँदै निरन्तर लागिपर्नु भएको छ। उहाँको अथक प्रयासले यी दुर्गम जिल्लाहरूमा सडक, स्वास्थ्य, शिक्षा, सञ्चार लगायतका क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ।
छिरिङको प्रयासले मुगु जिल्लासमेत विकासको मूल प्रवाहमा आउने मौका पाएको छ, जुन कुरा उहाँको दूरदर्शी सोच, योजनागत पहल, र निष्ठा दर्शाउँछ। जनजाति क्लस्टरको समानुपातिक कोटाबाट सांसद बनेकी छिरिङले आफ्नो पदीय जिम्मेवारीलाई सेवा र समर्पणमा बदलेकी छिन्।
राजनीतिक कर्ममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने आकांक्षासहित अघि बढेकी छिरिङ कहिल्यै नथाक्ने जोश, लगनशीलता र प्रतिबद्धताको प्रतिक हुन्। उहाँ आजको पुस्ताका लागि प्रेरणाको स्रोत हुनुहुन्छ।
जुम्ला दर्पण । २६ बैशाख २०८२, शुक्रबार १३:४२