जुम्ला : जिल्लाकाे चन्दननाथ नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेकाे छ । नगरपालिकाले एक कार्यक्रमकाबीच भित्रका पाँच महिला स्वयंसेविकालाई सम्मान गरेकाे हाे ।
चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाकी सिनियर अनमी उषादेवि रावलका अनुसार उमेरले ६० वर्ष नाघेका महिला स्वयम् सेविकालाई सम्मान गरिएको हो ।
नगदसहित सम्मानित हुनेमा चन्दननाथ नगरपालिका – ७ की पदमकली रावल, वडा नं. ४ की कुईरी खत्री, वडा नं. १० की कृष्णकला न्यौपाने, तुथकला शाही र कालिका भण्डारी रहेकी छन् ।
उनीहरुलाई प्रमाणपत्रसहित दोसल्ला र नगद दुई हजार रुपियाँ प्रदान गरी सम्मान गरिएको उनले बताइन् । नगरपालिकाा ९० जना महिला स्वयम् सेविका छन् ।
६० वर्ष नाघेका महिला स्वयम् सेविकालाई कर्णाली प्रदेश सरकारले सेवा गरेबापत जनस्वास्थ्य कार्यालयमार्फत अन्तिममा २० हजार रुपियाँ पनि प्रदान गर्ने व्यवस्था रहेको छ ।
चन्ददननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले महिला स्वयम् सेविकाको गाउँबस्तीमा स्वास्थ्य सम्बन्धि सचेतीकरण गर्ने जस्ता जिम्मेवारी रहेकाे बताए ।
महिला स्वयम् सेविकाले महिना भरी गरेका गतिविधि तथा क्रियाकलाप समेटिएको प्रतिवेदन तयार गरी सम्वन्धित स्वास्थ्य चौकीमा बुझाउने गर्दछन् ।

जुम्ला दर्पण । २७ असार २०८१, बिहीबार १९:०२