खसभाषाको अभिलेखिकरण गर्न सिञ्जा गाउँपालिकाको चासो

जुम्ला :  जुम्लामा खसभाषा अभिलेखिकरण कार्य सुरु भएको छ । जिल्लास्थित स्थानीय सरकारको सक्रियतामा खसभाषाको अभिलेखीकरण प्रक्रिया सुरु भएको हो । गरिने भएको छ । खसभाष नेपाली भाषाको माउभाषा हो । जिल्लाको सिञ्जा गाउँपालिकाको सक्रियतामा यसको औपचारिक प्रक्रिया थालनी भएको हो ।

खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । सिञ्जा उपत्यकामा हाल तीन पालिका रहेका छन् । ती मध्येको एक हो, सिञ्जा गाउँपालिका हो । गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले खसभाषा आयोगमा लिपिवद्ध गर्न पहल गरिएको बताए । आयोगको टोली जुम्लाको सिंजामा पुगेर ५ वटा खस लिपीको मानक प्रमाणित भएको उनको दाबी छ । यसअघि खस भाषा राष्ट्रिय भाषा आयोगमा दर्ता भएको भेटिएको थिएन । देशकै गौरवमय भाषाको रुपमा रहेको खसभाषा अभिलेख नै भेटिएपछि आफूहरुले पहल थालेको बताए ।

खसभाषका बर्ण टुंगो लाग्यो : अवस्थी
भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले खस भाषा अभिलेखकिरणका बिषयमा आयोगले प्रथामिकता दिएको बताएका छन् । खस भाषा अभिलेखीकरणका लागि राष्ट्रपतिको प्रतिवेदनमा समेत पठाईएको र अख्य काम भईरहेको उनले बताए ।


अध्यक्ष अवस्थीका अनुसार खसभाषाका २४ स्वर र ४१ वटा व्यन्जन वर्ण समेत आयोगले तयार पारि सकेको उनको भनाइ छ ।