जुम्ला पुगेर प्रचण्डले भने : भ्रष्टाचारी प्रकिन थालेपछि बुढानिलकण्ठ र बालकाेटमा भुकम्प गयाे

भ्रष्टाचारविरूद्वकाे अभियानले बुढानिलकण्ठ र बालकाेटमा भुकम्प गयाे

जुम्ला :  वर्तमान सरकार अप्राकृतिक भएकाे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  बताएका छन् । लाेकतन्त्रमा संसदका दुई ठुला दल मिलेर सरकार बनाउनु अप्राकृतिक भएकाे बताएका हुन् ।

जुम्लाकाे कनकासुन्दरीमा प्रेस सेन्टर नेपाल जुम्लाले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संसारभरी कतैपनि दुई ठुला दल मिलेर सरकार बनाएकाे इतिहास नभएकाे बताए ।

उनले भने, `मेराे नेतृत्वकाे सरकार भ्रष्टाचारविरूद्व कडा कदम चाल्याे । धमाधम भ्रष्टाचारी पक्रिन थाले । त्यसले बुढानिलकण्ठ र बालकाेटमा भुकम्प गयाे । रातारात सरकार ढालियाे । उनका अनुसार वर्तमान सरकार जनतामैत्री छैन ।  सरकार उल्टाे दिशामा हिडिरहेकाे छ ।´

पत्रकारले साेधेका प्रश्नकाे जवाफ दिदै उनले कर्णाली आफ्नाे प्राथमिकतामा रहेकाे पनि बताए । नाग्म नाक्चेनाग्ला सडकलाई रणनीतिक रूपमा अघि बढाउने उनकाे भनाइ थियाे ।

ओेली सरकारले रवि लामिछानेलाई हतारमा पक्रेकाे भन्दै दाेषी उम्काउन खाेजेकाे आराेप लगाए । प्रमाणित भ्रष्टाचारीबाट जग्गादान लिने ओेलीकाे नियत जनताले मुल्यांकन गरिरहेकाे उनले बताएका हुन्