साउदीमा अलपत्र परेका ९ जना सकुसल घर फर्किए

बरम राज कामी

गुठिचौर गाउँपालिका वडा नम्बर एकका अध्यक्ष अर्जुन कुमार महताराको नेतृत्वमा साउदीमा अलपत्र परेका ९ जना सकुसल घर फर्केका छन। बुधबार उनीहरुलाई वडा अध्यक्ष अर्जुन कुमार महताराले नेपालमा सकुसल फर्केको भन्दै स्वागत गर्नु भएको हो।

उनीहरुलाई नेपालबाट राम्रो काम र तलव दिन्छ भनि व्लु ग्यालेक्सी मेनपावर कम्पनीले पठाएको थियो तर साउदीमा गईसके पछि क्यू सिएम कम्पनीले जुन काम दिन्छु भनी लिएको थियो त्यो काममा नलगाएर अर्कै काममा लगाए पछि उनीहरु समस्यामा परेका थिए। नेपालबाट बैँक क्लिनर र हस्पिटल क्लिनरको रुपमा पठाइएको भएतापनि आर्मी व्यारेकमा काम लगाइदिए पछि उनीहरुलाई काम गर्न असहज भएको थियो। एक दिनमा १८ घण्टा भन्दा बढि काम लगाउने र हप्ताको एक दिन पनि बिदा नदिएको प्रताप लामाले बताए।

प्रति महिना एक हजार तलव तोकेर लिएको भएपनि त्यँहा पुगि सकेपछि प्रति महिना आठ सय मात्र मासिक रुपमा तलव दिएको जनक बुढाको भनाई छ। आठ महिना सम्म काम गरेको भएतापनि जम्मा ६ महिनाको मात्र तलव पाएको उनीहरुले बताएका छन।। एक महिनाको एक हजार र पाँच महिनाको आठ सयका दरले उनीहरुले तलव पाएको बताएका छन। वडाअध्यक्ष अर्जुनकुमार महताराको नेतृत्वमा दुई लाख १३ हजार रकम जम्मा गरी पठाएर उनीहरुको उद्धार गरिएको हो।

एक लाख १३ हजार वडा सरकार र एक लाख चन्दा संकलन गरेर उनीहरुको उद्धार गरिएको हो। वडा अध्यक्ष अर्जुन कुमार महतारा, अनुप थापा, पार्वती वस्नेत, युबक महत, पर्यक एडि ,ज्ञानेन्द्र शाही जिताउ अभियान लगायतको सहयोगमा उद्धार गरिएको छ।साउदीबाट उद्धार गरेर नेपाल सकुसल फर्किएकाहरुमा गुठिचौर गाउँपालिका वडा नम्बर एकका निराजन थापा, डिलबहादुर रोकाय, शान्त बहादुर रोकाय, खडग रोकाय, लक्ष्मी बहादुर रोकाय,प्रताप लामा, एकराज ऐडि,आनन्द रोकाय,जनक बुढा रहेका छन। । यस्तै उहाँले उनीहरुलाई आफनै देशमा कृषि लगायत अन्य पेशामा आबद्ध हुन आग्रह गर्नु भयो।

साउदीबाट फर्केका ९ जनालाई वडा सरकारले रोजगार दिन फहल गर्ने महताराको भनाई छ। उहाँले बैदेशिक रोजगारीमा जानु पूर्व स्थानिय तहसंग सल्लाह गरेर कुन मेनपावरबाट जान लागेको,कुन देशमा जाने हो भन्नेबारे रामा्रे संग बुझेर मात्र जादा फस्न सक्ने सम्भाबना कम हुने बताउनु भयो। यस्तै साउदीबाट उद्धार गरेर स्वदेश फर्किएकाहरुले सरकारले युवाहरुलाई रोजगार सृजना गर्न सके युवाहरु बिदेश पलायन नहुने बताएका छन।