तातोपानी ८ कि महिला चट्याङबाट सिकार-jumladarpan.com

जुम्ला । जुम्लामा चट्याङ लागेर एक जना महिलाकाे मृत्यु भएको छ । बिहिवार दिउँसो ४ बजे चट्याङ लागेर जुम्ला तातोपानी गाउँपालिका ८ टाेप्लाकि वर्ष  २७ कि कल्पना शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

शाही सुब्बाकुना पाटनमा यार्सागुम्बा खाेज्न गएकी थिइन् । पाटनमा यार्सागुम्बा खाेज्ने क्रममा चट्याङ परी मृत्यु भएको प्रहरीकाे भनाइ छ ।

घटजा स्थलमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्र.ना.नि.कृष्ण राज रोकायाको कमाण्डमा ६ जनाको प्रहरी टोली घटना स्थल  तर्फ गएकाे प्रहरी नायव उपरीक्षक ( डिएसपी ) रबिन बाबू रेग्मीले जानकारी दिए ।