जातको रङ्गले नछेक, न नाक, न मुख, न शिर छेक्छ,
मान्छे हौँ हामी, एउटै धडकन,
किन बनायौं विभाजनको चिन्ह?
उच्च जात? तल्लो जात?
कसले गढ्यो यो असमान बात?
रगत त रातै बग्छ सबैको,
फरक छ त केवल मनको घात।
पुस्तौं देखिको पीडा लुकाएर,
सहेर पनि नहाले हार,
तर समयले माग्छ अब प्रश्न
कसले दियो विभाजनको अधिकार?
भन्नुछ हामीले अब सँगै,
छोडौं यो सडेको बानी,
जात होइन, आत्मा हेरौं,
सबैभन्दा ठूलो कुरा मानवता जतको होइन
जुम्ला दर्पण । १० जेष्ठ २०८२, शुक्रबार १४:५६