तातोपानीका २५० बालबालिकालाई खाद्यान्न वितरण

जुम्ला : जिल्लाकाे तातोपानी गाउँपालिकाका २५० जना बालबालिकालाई खाद्यान्न वितरण गरिएकाे छ । मंगलबार एक कायर्यक्रमका बीच गाउँपालिकाकाे वडा नम्बर एकदेखि आठसम्मका जाेखिममा रहेका बालबालिकालाई खाद्यान्न वितरण गरिएकाे हाे ।

ताताेपानी गाउँपालिकाे समन्वयमा उच्च जाेखिममा रहेका जम्मा ६०१ जना मध्ये २५० जनाले खाद्यान्न प्राप्त गरेका हुन् । उनीहरूलाई २५ केजी चामल, तेल ५ लिटर , मसुराे ५ केजी, आयाेडिन नुनु २ पाकेट वितरण गरिएकाे थियाे ।

वडा नम्बर १ का ३७ जना, वडा नम्बर २ का ३० जना र वडा नम्बर ३ का २९ जनालाई वितरण गरिएकाे सेभ द चिल्ड्रेनकाे आर्थिक सहयाेग र किर्डाक नेपाल जुम्लाद्वारा सञ्चालित सहयात्रा तेस्राे परियाेजनाका संयाेजक प्रकाश बहादुर शाहीले बताए ।

उनका अनुसार वडा नम्बर ४ का २७ जना,वडा नम्बर ५ र ६ का समान २६/२६ जनाले खाद्यान्न प्राप्त गरेका छन् । यस्तै वडा नम्बर ७ का ३७ जना र वडा नम्बर ८ का ३८ जनालाई खाद्यान्न वितरण गरिएकाे उनकाे भनाइ छ । परियाेजनाले यसअघि २८५ जनालाई शैक्षिक सामग्री सहयाेग गरेकाे थियाे ।