जुम्लामा गणतन्त्र दिवसको अवसरमा कैदीबन्दीलाई खेलकुदका सामग्री वितरण

जुम्ला : जुम्ला कारागारमा रहेका कैदीबन्दीलाई खेलकूद सामाग्री हस्तान्तरण गरिएको छ । १८ औं गणतन्त्र दिवसका अबसरमा कारागारमा रहेका कैदीबन्दीहरुलाई सामग्री वितरण गरिएको हो । सामाजिक विकास कार्यालय जुम्लाले दिवसको अवसर पारेर जुम्ला कारागारमा रहेका कैदीबन्दीलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको थियो ।
कारागारमा एक कार्यक्रमकाबीच जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले कारागार प्रमुखलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए । सामाजिक विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख टोप बहादुर बुढाका अनुसार गणतन्त्र दिवसका अवसरमा कार्यालयको तर्फबाट दुई वटा भलिबल र दुई वटा नेट प्रदान गरिएको छ । गणतन्त्र दिवस मुल समारोह समितिको निर्णय अनुसार सामाजिक विकास कार्यालयले खेलकुद सामाग्री उपलब्ध गराएको उनले बताए । कारागारमा रहेका कैदीबन्दीलाई खेलकुद सामाग्री प्राप्तपछि नियमित खेल खेल्न सहज हुने भएको छ ।