हिमाका कार्यपालिका सदस्य विश्वकर्माले ल्याए ठाडीभाका तिर्खा

जुम्लाको हिमा गाउँपालिका –३ मोफ्लाका चर्चित देउडा गायक परिलाल विश्वकर्माको ठाडीभाका गीत ‘तिर्खा’ सार्वजनिक भएको छ । हिमा गाउँपालिकाका कार्यपालिका सदस्यसमेत रहेका विश्वकर्माकाे ठाडीभाका गीत सार्वजनिक भएकाे हाे ।

गीत दु:खद प्रेम कहानीमा आधारित छ । मार्मिक ठाडी भाका परिलाल विश्वकर्माको युटुब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएकाे हाे ।

सुखद् दृश्यबाट सुरु भएको ठाडी भाकाको म्युजिक भिडियोमा अधिकांश समय पारिवारिक विछोडका दृश्यहरु देखाइएको छ ।

गायक विश्वकर्मा आफैले अभिनय गरेको म्युजिक भिडियोको अन्त्य भने संयोगान्त घटनालाई देखाइएको छ ।

अभिनयमा परिलाललाई पवित्रा हमालले साथ दिएकी छन्। परिललाको लय रहको ठाडी भाकाको शब्द रचना मयालाल विश्वकर्माले गरेका छन् भने निर्देशन रतन नेपालीको रहेको छ ।