जुम्लाकोटमा एक घर एक धारा खानेपानी जडान,स्थानीय हर्सित

जुम्लाको तिला गाउँपालिका वडा नम्बर ८ जुम्लाकोटमा एक घर एक धारा पुगेको छ । दुई दशक देखि एउटै धारोको पानिको भरमा चलेको जुम्लाकोट गाउँमा अहिले एक घर एक धारा जडान गरिएको छ  । एउटै धारा हुदाँ विगत लामो समय देखि पानिको दुःख स्थानीले खेप्दै आएका थिए ।

पानी भर्न घन्टौंसम्म पालो कुरेर लाइमाम बस्नुपर्ने बाध्यता थियो । एक सय ७२ घरधुरी रहेको जुम्लाकोट गाउँ कर्णाली राजमार्गको रारालिहीदेखि झन्डै दुई घण्टा पैदल हिँडेर पुगिन्छ । अनुकूलन कोषको आर्थिक सहयोग; वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा पेस नेपालद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले एक घर एक धारा कार्यक्रम ल्याएको हो ।

अहलिे घरघरमा धारा बन्द स्थानीय हर्सित भएका छन् । स्थानीय धनलाल बस्नेतले भने, ‘ पानीको स्रोत सुकेको थियो । धारामा निकै सानो पानी आउँथ्यो । सबै घरलाई आवश्यक पर्ने पानी पु¥याउन सकिँदैनथ्यो ।

२०५९ सालमा बनेको धारा जीर्ण भएको बताए । उनले भने,‘ पानीको मुहान सुकेपछि खानेपानीले काकाकुलजस्तै बनेको जुम्लाकोटमा अहिले एक घर एक धारा पुग्दा खुशीको सिमा छैन् । अहिले १७२ वटै घरमा खानेपानीका धारा छन् । सबै धारामा चौबिसै घण्टा पानी आइरहन्छ । झन्डै दुई दशकसम्म भोगिरहेको खानेपानी समस्या बल्ल समाधान भयो ।

पानी भर्नकै लागि पालो कुर्दाकुर्दै दिन–रात बित्ने गरेको अनुभव सुनाउँदै स्थानीय सरस्वती बस्नेतले भनिन्, ‘बल्ल खानेपानीको पहुँच पुग्यो । घरघरमा धारा पुगे । जतिबेला पनि पानी भर्न, करेसाबारी सिँचाइमा समेत राहत मिलेको छ ।

पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले भने,‘एक घर एक धारा कार्यक्रमको ९५ प्रतिशत काम पूरा भएर धारामा पानी आउन थालिसकेको छ । धारामा पानी आएर स्थानीयले खानेपानीको प्रयोग गरिसकेका छन् । कूल ६९ लाख ९२ हजार रुपैयाँको लागतमा खानेपानी धारा निर्माण भएका हुन् । २० घनमिटरको २ वटा पानी संकलन टयांकी बनेका छन् ।

अब पानी ल्याउन टाढा जानु पर्दैन । समयको पनि बचत भएको छ । तिला गाउँपालिकाले उक्त कार्यक्रमअन्तर्गत निर्माण गरिएका धारा र पानी संकलनका लागि निर्मित ट्यांकीको अनुगमन गरेको छ । अनुगमनका क्रममा खानेपानी घर–घरमा पुगेपछि स्थानीयले निकै सुखको अनुभूति गरेको पाइएको पालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन् ।

जुम्लाकोट गाउँमा पानी पु¥याउन सहज नभए पनि गाउँबाट करिब २ किलोमिटर तल रहेको खोलाबाट माथि गाउँसम्म खानेपानी पुग्ला भनेर कसैले नचिताएको तर पुगेको स्थानीय बताउँछन् ।