जुम्ला : अखिल नेपाल खेलकुद महासंघ जुम्लाको नयाँ कमिटी गठन गरिएको छ । बुधबार एक कार्यक्रममा बीच नेकपा माओवादी केन्द्र जुम्लाका सह इन्चार्ज गोमा गौतम कुँवर र संयाेजक नवराज न्याैैपानेकाे स्थितिमा नयाँ कमिटी गठन गरिएको छ । भेलाले कमिटीको अध्यक्षमा अजय बुढ्थापालाई चयन गरेको छ ।
जसको उपाध्यक्षमा यमराज शाही,सचीवमा गोविन्द गौतम र कोषाध्यक्षमा विनीता परियार चयन भएका छन् । जिल्ला कमिटी २३ सदसस्यीय रहेको छ ।
जुम्ला दर्पण । २९ जेष्ठ २०८२, बुधबार २२:२२