तिलामा भदाै ५ गतेसम्म स्याउ बिक्रिवितरण गर्न नपाइने

जुम्ला : जिल्लाकाे तिला गाउँपालिकामा नपाकेकाे काँचाे स्याउ बिक्रि वितरणमा राेक लगाइएकाे छ । काँचो स्याउ लुकिछिपी बाहिरी जिल्लामा निर्यात गरिएकाे पाइएपछि तत्कालका लागि काँचाे स्याउ निर्यातमा राेक लगाइएकाे हाे ।


साेमबार बसेकाे गाउँकायर्यपालिका बैठकले भदाै ५ गतेसम्म स्याउ बिक्रि वितरण र नियर्यात गर्न नपाइने निर्णय गरेकाे छ । साे मितिसम्म कुनैपनि स्याउ धनीले स्याउ बिक्रीवितरण नगरिदिन अनुराेध गरेकाे छ ।

गाउँपालिकाद्वारा जारी सूचनामा भनिएकाे छ,` वडा नम्बर १ देखि ९ सम्म उत्पादन भएका स्याउ यश पालिकाबाट नेपालगन्ज, सुर्खेत र काठमाडौंसहितका बाहिरी बजारमा नलगिदिनुहाेला । ´

यस्तै स्याउ निर्यात गर्दा अनिवार्य सम्बन्धित वडा र कृषि शाखाकाे सिफारिस चाहिने तिला गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जंग बहादुर बस्नेतले जानकारी दिए ।

पूर्णरुपमा पाकेको, परिक्व भएको, रङ, गुलियो भरिएको स्याउमात्र बिक्रीवितरण गनर्न पाइने उनले बताए । बाहिरी जिल्लामा लिनका लागि भदौ महिनाको ५ गते भन्दा अगाडि निकासी गर्न नदिने निर्णय भएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए ।

उक्त सिफारिस बिना निर्यात गर्न नपाइने निर्णय भएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन् । काँचो स्याउ बजारमा ल्याउने व्यापारीलाई कानुनअनुसार कार्वाही गरिने तिला गाउँपालिकाले जनाएको छ ।