नेविसंघ र तरूण दलकाे मागमा प्रतिष्ठानकाे २२ बुँदे प्रतिबद्धता

जुम्ला : गत असार १३ गते नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेपाल तरूण दल जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २२ बुँदे ध्यानाकर्षण बुझायाे ।

प्रतिष्ठानका उपकुलपति डा मंगल रावललाई प्रतिष्ठानकाे सेवा प्रवाह र सेवा सुविधाका विषयमा ध्यानाकर्षण गराएकाेे थियाे ।

नेविसंघ र तरूण दलकाे मागकाे सम्बन्धमा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द आचार्यकाे नेतृत्वमा सर्वदलीय कार्यदल गठन गरियाे ।

२२ बुँदे ज्ञापनपत्रका सम्बन्धमा प्रतिष्ठानले गम्भीरतापूर्वक लिदैँ कार्यकारी समितिकाे बैंठकले रजिष्ट्रार नृपेन्द्र महतकाे संयाेजकत्वमा तीन सदस्यीय संयाेजन तथा वार्ता समिति गठन गरेकाे थियाे ।

बिहीबार प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै नेविसंघ र तरूण दलले उठाएका २२ बुँदेमा उठाएका मागका सम्बन्धमा प्रतिष्ठानले २२ बुँदे प्रतिबद्वता जनाएकाे छ ।

१६ गते नेविसंघ जुम्लाका अध्यक्ष महेश हमाल र नेपाल तरूण दल जुम्लाका अध्यक्ष हेम बुढ्थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा किड्नी डाइलासिस सेवा सुचारू हुनुपर्ने,भिडियो एक्सरे सेवा  सुरू हुनुपर्ने र एम्बुलेन्स सेवा सुरू हुनुपर्ने लगायतका माग थियो ।

प्रतिबद्धतामा प्रतिष्ठानले ती मागका सम्बन्धमा छिट्टै सञ्चालन गरिने उल्लेख गरिएकाे छ । पत्रकार सम्मेलनमा बाेल्दै रजिष्ट्रार नृपेन्द्र महतले नेविसंघ र तरूण दलले उठाएका मागका सम्बन्धमा प्रक्रियागत रूपमा माग सम्बाेधन गरिने बताए ।

उनका अनुसार नेविसंघ र तरूण दलका मागहरू जायज थिए । साेही अनुसार उठाइएका मागहरूलाई गम्भीरतापूर्वक लिइएकाे उनले बताए । महतले पत्रकार सम्मेलनमा उठेका प्रश्न र जिज्ञासामाथि उचित व्यवस्थापन गरिने बताएका छन् ।

यस्तै प्रतिष्ठानले डाइरेक्टर डा.पुजन राेकायाले ओपिडी,बीमा,फाेहाेर व्यवस्थापन र ब्लड बैंकका बारेमा उठेका प्रश्नमा जिज्ञासा जायज भएकाे भन्दै कार्यान्वयन गरिने बताएका थिए ।

यस्तै नेपाल तरूण दल जुम्लाका सभापति हेम बुढ्थापाले प्रतिष्ठानले गरेका प्रतिबद्धता कार्यान्वयन हुनुपर्नेमा जाेड दिए । उनका अनुसार आन्दोलन राेकिएकाे छैन । उनले प्रतिबद्धता अनुसार काम नभए फेरि आन्दोलन गर्ने दाबी गरे ।

यसैगरी नेपाल विद्यार्थी संघ जुम्लाका सभापति महेश हमालले प्रतिबद्धता सकारात्मक रहेकाे बताए । `प्रतिबद्धता पुुरा हुनेमा आशावादी छाै । आधिकारिकता त कार्यान्वयन भएपछि हुनेछ । खबरदारी गरिरहने छाै ,´  उनले भने ।

यस्ता छन्,प्रतिष्ठानका २२ बुँदे प्रतिबद्धता