माधव चौलागाईको सिंहदरबार यात्रा : लाम्रो गाउँ,सपादलक्ष कर्णालीदेखि निर्दलीय मन्त्रीसम्म

जेनजी विद्रोह (सरकारले जनआन्दोलनको मान्यता दिएको छ) पछि बनेको अन्तरिम सरकारमा कर्णालीको प्रतिनिधित्व सुनिश्चित भएको छ । वर्तमान सरकार गठनपछि पटकपटकको प्रयासबाट कर्णालीका समेत प्रतिनिधित्व भएको हो । जुम्लामा माधव चौलागाई वनमन्त्री बनेका छन् । यसअघि हुम्लाकी टासी ल्हाजोम र दैलेखका खगेन्द्र सुनार मन्त्रीका कर्णालीबाठ मन्त्रीका लागि सिफारिस भएका थिए । लामा नागरिकता विवादमा फसिन । सुनारका नाममा विभिन्न मुद्दा लागेको विषय उठेपछि सरकार पछि हटेको थियो । लेखक र अध्येतासमेत चौलागाई मन्त्री बन्न सफल भएका छन् ।


भदौ २३ र २४ मा जेनजी विद्रोह हुनुपूर्व कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार बन्न प्रयास गरेका थिए । संयोगले उनी संघीय सरकारको मन्त्री बन्न पुगेका छन् । योसँगै उनले जुम्लाबाट गैरराजनीतिक पृष्ठभूमिबाट बन्त्री बन्ने इतिहास रचेका छन् । आधुनिक नेपालको इतिहासमा जुम्लाबाट मात्र दुई जनाले क्याबिनेट मन्त्री बन्ने अवसर पाएका छन् । ती मध्येका एक हुन् चौलागाई । पहिलोपटक पञ्चायत कालमा हरिश्चन्द्र महत मन्त्री भएका थिए । दोस्रोपटक गणतन्त्रपछि (४० बर्षको अन्तरालमा) माधव चौलागाइ । रोचक संयोग के छ भने दुवैपटक निर्दलीय व्यक्तिहरू नै मन्त्री बनेका छन् । यो तथ्य जुम्ला र कर्णालीप्रति राजनीतिक दलहरूले प्रयोग गर्ने लेन्सको एक महत्वपूर्ण सूचक हो भएको बताउँछन्, जुम्लाका नेता नरेश भण्डारी ।


माधव चौलागाईं जुम्ला तातोपानी गाउँपालीका–५ लामरा मा जन्मिएका हुन्। उनले ग्रामीण विकासमा एमए, एमपीएच गरेका छन् । आफ्ना लेखनहरू मार्फत कर्णालीको विविधता र समृद्ध सामाजिक–सांस्कृतिक, भाषिक र ऐतिहासिक दृष्टिकोणलाई सक्रिय रूपमा प्रवद्र्धन गर्दै आएका छन् । उनले कर्णालीभरि धेरै ठाउँहरूको भ्रमण गरेका छन् र ग्रामीण तथा दुर्गम स्थानहरूको जनसांख्यिकी, संस्कृति, पर्यटन, स्वास्थ्य र विकासमा विश्लेषणात्मक लेखहरू लेखेका छन् । दुई दशकभन्दा बढी समयदेखि स्वास्थ्य र विकास कार्यक्रमहरूको लागि काम गर्दै आएका छन् ।

उनी वातावरणमैत्री माध्यमबाट जनता–केन्द्रीत दिगो शहर र गाउँहरूको वकालत गर्छन् । उनलाई साइकल चलाउन र छोटो कविता मन पर्छ । उनको सामीप्यमा काम गरेका साथीहरू भन्छन्, ‘माधवले योजना भन्दा पनि भरोसालाई महत्व दिन्थे ।’ सम्भवतः त्यही भरोसाले उनलाई आजका दिन सिंहदरबारको ढोका उघारिदिएको छ ।

चौलागाईं लेखक, गीतकार र जनस्वास्थ्यविज्ञ हुन् । कर्णालीविज्ञका रूपमा चिनिने चौलागाईं ‘मान्ठ हुँम मान्ठ’ गीतका लेखक हुन् । जुम्लाको तातोपानी ५ का स्थायी बासिन्दा चौलागाईं जनस्वास्थ्यविज्ञ हुन् । अध्ययन अनुसन्धानमा सक्रिय चौलागाईं कर्णाली क्षेत्रका मुद्दालाई केन्द्रसँग जोड्ने र बहस गर्ने अभियानमा सक्रिय छन् । उनको ‘सपादलक्ष कर्णाली’ पुस्तक पनि प्रकाशित छ । चौलागाईं कर्णालीमा हुने ‘कुडा कर्णाली उत्सव’को विशेष पहलकर्ता पनि हुन् ।
पछिल्लोपटक सिस्नुपानी नेपालले काठमाडौंमा कार्यक्रम गरेको थियो–जुरुक्क कर्णाली । प्रज्ञा भवनको त्यो कार्यक्रममा गीत गाइएको थियो ‘माण्ठु हुँ म माण्ठ’ । आस्था राउत र स्मारिका फुयाँलले गाएको गीतमा धीरेन्द्र प्रेमर्षीले संगीत भरेका थिए । गीत लेखेका थिए– माधव चौलागाईंले । जुम्लाका चौलागाईंले लेखेको त्यो गीत निकै चर्चामा छ । अहिले पनि उक्त गीतको रचनागर्भबारे चर्चा भइरहेको हुन्छ । यो गीतले उनको चर्चा निकै चुलिएको थियो ।