जुम्लाका माधव चौलागाई बने वनमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । मन्त्री परिषद.मा चार नयाँ अनुहारलाई क्याबिनेटमा प्रवेश गरेका छन् ।

कार्कीको मन्त्रिपरिषद्‍मा कर्णालीको दुर्गम जिल्ला जुम्लाबाट उठेका माधव चौलागाईं मन्त्री भएका हुन् । चौलागाईं वन तथा वातावरणमन्त्री बनेका हुन् ।

को हुन् मन्त्री बनेका माधव चौलागाईं ?

माधव चौलागाईं जुम्ला तातोपानी गाउँपालीका–५ लामरा मा जन्मिएका हुन्। उनले ग्रामीण विकासमा एमए, एमपीएच गरेका छन्।

आफ्ना लेखनहरू मार्फत कर्णालीको विविधता र समृद्ध सामाजिक(सांस्कृतिक, भाषिक र ऐतिहासिक दृष्टिकोणलाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै आएका छन्।

उनले कर्णालीभरि धेरै ठाउँहरूको भ्रमण गरेका छन् र ग्रामीण तथा दुर्गम स्थानहरूको जनसांख्यिकी, संस्कृति, पर्यटन, स्वास्थ्य र विकासमा विश्लेषणात्मक लेखहरू लेखेका छन्।

दुई दशकभन्दा बढी समयदेखि स्वास्थ्य र विकास कार्यक्रमहरूको लागि काम गर्दै आएका छन्। उनी वातावरणमैत्री माध्यमबाट जनता(केन्द्रीत दिगो शहर र गाउँहरूको वकालत गर्छन्। उनलाई साइकल चलाउन र छोटो कविता मन पर्छ।

उनको सामीप्यमा काम गरेका साथीहरू भन्छन्, ‘माधवले योजना भन्दा पनि भरोसालाई महत्व दिन्थे।’ सम्भवतः त्यही भरोसाले उनलाई आजका दिन सिंहदरबारको ढोका उघारिदिएको छ।