राजेश विश्वकर्माको मलाई माया गर सानु म्युजिक भिडियो सार्वजनिक

जुम्ला : मलाई माया गर सानु नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । राजेश विश्वकर्माले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक गरेको छ । रमेश डाँगीको युट्युव च्यालनमार्फत भिडियो सार्वजनिक भएको हो । गीतमा डाँगीसहित टिका पुनको स्वर छ ।

गीतका लेखकपनि रमेश डाँगी नै हुन् । गीतको एरेन्जर हेमन्त शिशिर,मिक्सिंग मास्टर जय देवकोटा रहेका छन् भने गीत तारांगा स्टुडियोमा रेकर्ड गरिएको हो । हिरा भाईले खिचेको भिडियोमा प्रसान्त नेपालीलेसमेत खिचेका हुन् । भिडियो इडिट भने सुमन एस.केले गरेका हुन् ।

मुस्कान परियारको कोरियोग्राफी रहेको भिडियो कन्सेप्ट र मुख्य निर्देशकका रुपमा राजेश विश्वकर्मा रहेका छन् । भिडियोमा गरी कुडाका रुपमा भाइरल विर्ख बहादुर महत र लक्ष्मी खत्री महतसहित हिरा शाही,राजेश विश्वकर्मा रमेश डाँगी,जानकी बुढा र सर्मिला आचार्यको अभिनय रहेको छ ।