जुम्ला: जुम्ला खलंगास्थित दियालो बहुउदेश्यीय सहकारी संस्थाका बचतकर्ता आन्दोलनमा उत्रिएका छन् । सहकारीले लामो समयदेखि लामोसमयदेखि घाटामा सञ्चालन भइरहेको र बचत फिर्ता नदिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । सहकारी पीडितहरुले संघर्ष समिति नै बनाएर आन्दोलनको सुरुवात गरेका छन् ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले हजारौ बचतकर्ताहरुको बचत फिर्ताको माग गर्दै आन्दोलनको सुरुवात गरेका हुन् । बचत फिर्ता संघर्ष समितिका अध्यक्ष धर्मनन्द धितालले जुम्लाको दुरदराजका हजारौ बचतकर्तालाई सहकारीले ठगेको बताए ।
सहकारीले लामोसमयदेखि बचतकर्ताहलाई आस्वासन मात्रै दिदै आएको छ । हजारौ बचतकर्ताको रकम अपलचन गरेर फिर्ता नगरेको उनको भनाइ छ । सहकारीमा समस्या चुलिदै गएपछि सहकारीका अध्यक्ष र व्यवस्थापक नै फरार रहेको आन्दोलित बचतकर्ताहरुले दाबी गरेका छन् ।
संस्थाका व्यवस्थापक दिपक शाह महिनौंदेखि जिल्ला बाहिर रहेको अध्यक्ष धितालले पत्रकार सम्मेलनमा बताए । संस्थाका अध्यक्ष टेकबहादुर शाहीपनि भारतको कोलकत्तामा लुकेर बसेको उनले बताए ।
पत्रकार सम्मेलनमै चन्दननाथ नगरपालिका वडा नम्बर ४ का स्थानीय तथा सहकारीकी बचतकर्ता टोमा छिरिङ लामाले दियालोमा १२ लाख बचत रहेको बताइन् ।
उक्त अवसरमा भनले भनिन्,‘पहिले फकाउदै १४ प्रतिशत ब्याज दिने प्रलोभन देखाए । बारम्बार घरमै धाएर पैंसा बचत गर्न लगाए । अहिले सहकारीका व्यवस्थापक,कर्मचारीसमेत उठाउँदैनन्,’ दुधे बालकसँग जडिबुटी संकलन गरी कमाएको पैंसा सहकारीले फिर्ता नै नगरेको उनले गुनासो गरिन् ।
जिल्लाको पातारासी गाउँपालिका १ गडिगाउँका दत्तबहादुर बुढाले पनि उक्त सहकारीमा १० लाख बचत छ । अहिलेसम्म सहकारीले १ लाख रुपैयाँ मात्रै फिर्ता गरेको उनले बताए
यता,दियालो बहुउदेश्यीय सहकारी संस्थाका व्यवस्थापक दिपक शाहले चैतसम्म सबैको बचत फिर्ता गर्ने बताएका छन् ।
सहकारीको २८ करोड ऋण उठाउन बाँकी रहेको जनाइएको छ । सहकारीले हजारौ बचतकर्ताको १८ करोड बचत फिर्ता गर्न बाँकी छ । यो सहकारीमा केही महिनादेखि समस्या देखिएको थियो । अहिले बचतकर्ताहरु आन्दोलनमै उत्रिएका छन् ।
डिल्ली कामी । १३ पुष २०८१, शनिबार १९:४९