जुम्लामा दुई जना नक्कली प्रहरी पक्राउ

 जुम्ला : जुम्लामा दुई जना नक्कली प्रहरी प्रकाउ परेका छन् । प्रहरीकाे भेषमा लुटपाट गरि अपराधिक लाभ लिन खाेज्ने दुई व्यक्तिलाई पक्राउ गरिएकाे छ । प्रहरीकाे ब्युराे टाेली हाैँ भन्दै अपराधिक लाभ लिन खाेज्ने दुई जनालाई जुम्ला  प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

गत शुक्रबार राती साढे १० बजेकाे समयम चन्दननाथ नगरपालिका-१ एयरपाेर्टस्थित कान्जिराेवा हाेटलमा बास बसिरहेका २ जनालाई विशेष सूचनाकाे आधारमा पक्राउ गरिएकाे प्रहरी निरीक्षक उमेश चन्दले बताए ।

उनका अनुसार कान्जिरोवा होटेलमा बास बसिरहेरको व्यक्तिहरुलाई २ जना व्यक्ति आई अस्वभाविक व्यबहार गरी हामीहरु सिभिल प्रहरीको ब्यूरो टोली हौं, भनी हातमा चाईनिज सेट जस्तो देखिने चिज देखाई अपराधीक लाभ लिने मनसाय राखी गाली गलौज तथा धाक धम्क दिई तिमीहरु संग नगद रुपैया छ, के कहाँबाट ल्याएको हो ? देखाउ भनि धकेला धकेल गरिरहेको सूचना प्राप्त हुने बित्तिकै प्रहरी टाेली पुगेर नियन्त्रणमा लिईएकाे हाे ।