जुम्ला : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा एस जुम्लाले संयुक्त रुपमा संविधान दिवस मनाएका छन् । संविधान दिवसको अवसरमा जुम्लामा दुई वटा दलले संयुक्त रुपमा संविधान दिवस मनाएका हुन् । सो अवसरमा दुवै दलका नेता कार्यकर्ताहरुको भेला भएर संयुक्त रुपमा शुभकामना आदनप्रदान गरियो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जुम्लाका सह इन्चार्ज दलबहादुर जिसीका अनुसार दुवै पार्टी मिलेर नेपाली जनताको विशेष दिनमा संयुक्त रुपमा दिवस मनाइएको हो । उनका अनुसार वर्तमान संविधान नेपाली जनताको मूल कानून हो ।

यसको रक्षाको लागि सबै नेपाली एकजुट हुन आवश्यक रहेको बताए । दिवस समारोहमा बोल्ने अधिकांश नेताहरुले संविधान दिवसलाई राष्ट्रिय गौरवको दिनका रूपमा मनाउँदै लोकतान्त्रिक अधिकारको रक्षा, सामाजिक न्याय र समावेशी विकासलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए । नेताहरूले आफ्ना सम्बोधनमा संविधानले सुनिश्चित गरेका हक(अधिकारलाई कार्यान्वयन गर्ने जिम्मेवारी माओवादी केन्द्रले अग्रणी रूपमा निर्वाह गर्ने बताएका थिए ।

साथै, पार्टी संगठनलाई अझ सबल बनाउन निरन्तर जनताबीच जाने र आधारभूत समस्या समाधानमा सक्रिय भूमिका खेल्ने प्रतिवद्धता पनि व्यक्त गरिएको थियो । वर्तमान परिस्थितिमा आजको संविधानको अपहरण गर्ने कुचेस्टाको बाबजुत संविधान रक्षाको लागि नेकपा माओवादि केन्द्र र एकीकृत समाजवादी जुम्लाको संयुक्त शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । कार्यक्रममा दुवै पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

जुम्ला दर्पण । ३ आश्विन २०८२, शुक्रबार १८:१६