गुठीचाैरमा साताैँ जुम्ली घाेडा दाैड प्रतियोगिता हुँदै

जुम्ला : जिल्लाकाे गुठीचाैर गाउँपालिकामा साताै जुम्ली घाेडा दाैड आयाेजना हुने भएकाे छ। कर्णाली खेलकुद क्लब र गुठीचाैर युवा क्लबकाे संयुक्त आयाेजनामा असाेज २४ फुलपातीका दिन साताैँ जुम्ली घाेडा दाैड प्रतियोगिता हुने भएकाे हाे ।

`गर्वकाे यात्रामा परम्पराकाे दाैड : जुम्ली घाेडा महाेत्सव जहाँ परम्परा र साहस एकसाथ दाैडन्छ ।´ नाराका साथ घाेडा दाैड हुने कर्णाली खेलकुद क्लबका उपाध्यक्ष नविन थापाले बताए ।

उनका अनुसार जुम्लामा यातायात प्रयाेजन र साैखका लागि पालिने घाेडा संरक्षणका लागि दाैड प्रतियोगिता हुन लागेकाे हाे ।

`पर्यटकीय स्थल गुठीचाैरमा दाैड हुन लागेकाे हाे । याे परम्पराकाे निरन्तरता पनि हाे ।´, उनले भने ।

दाैड प्रतियाेगितामा प्रथम हुनेलाई १५ हजार,१० हजार र ५ हजार पुरस्कार प्रदान गरिने उपाध्यक्ष थापाले बताए ।
प्रतियोगिताकाे प्रयाेजक गुठीचाैर गाउँपालिका,जुम्ला र पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्ला रहेका छन् ।

अहिलेसम्म ४५ वटा घाेडा दर्ता भइसकेका छन् । ६०-७० वटासम्म आउने अनुमान गरिएकाे छ ।