जुम्ला : आगामी फागुन २१ गतेहुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा कुल जम्मा मतदाता संख्या ७१ हजार ७३९ जना रहेकाछन् । कुल मतदातामध्ये महिला मतदातातर्फ ३४ हजार २८० जना र पुरुष मतदातातर्फ ३७ हजार ४५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिए ।

एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा जिल्लाभरि ८५ मतदानस्थल र एक सय १० मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी कँडेलको भनाइ छ । जिल्लामा अति सम्वेदनशील मतदानस्थलबारे सुरक्षा निकायले मतदानस्थलको वर्गीकरण गर्ने काम गरिएको छ ।
सरकारी कार्यालयमा निर्वाचनका लागि परिचालन गरिने कर्मचारीको एकिन विवरण माग गरिएको निर्वाचन अधिकारी कँडेलले बताए । जिल्लामा ३ हजार १०१ जना नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक स्वतन्त्र र नौवटा विभिन्न राजनीतिक दलका उम्मेदावरले निर्वाचनमा माग लिने सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिए ।

जुम्ला दर्पण । १४ माघ २०८२, मंगलवार २०:१३