जुम्ला : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले कर्णाली प्रदेशकाे परम्परागत संस्कृति उत्पादन र राेजगारी परिपुरक भएको बताएका छन् ।
जुम्ला जिल्लाकाे सिजा गाउपालिका द्वारा अायाेजना गरिएको ऐतिहासिक सिजा केदारनाथ महाेत्सव २०८० काे बिशिस्ट अतिथि कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शर्माले सभालाई सम्बाेधन गर्दै कर्णाली प्रदेश भित्र रहेका परम्परागत संस्कृत उत्पादन र राेजगारी परिपुरक भएको बताएका हुन् ।
अहिले कर्णाली प्रदेशमा रैथाने संस्कृतका रुपमा रहेका महत्त्वपूर्ण तिर्थस्थलहरुलाइ पर्यटकीय गन्तवयका रुपमा बिकास गर्न कर्णाली प्रदेश सरकार तयार भएकोले परम्परागत संस्कृतिबाट कर्णालीकाे जीवन ब्यबहार रुपान्तरण गर्दै उत्पादनमा अाधरित राेजगारी सृजना हुने भएकोले संस्कृतलाई राेजगारीका रुपमा लैजान प्रदेश सरकार तयार भएको जिकिर गरे ।
अहिले ठुलाठुला सहरमा सिस्नाे ढिडाे,फापरकाे ,राेटी मार्सी धान काे माग बढेकाे र खाने संख्यामा पनि बृद्धि भएकोले उत्पादनमा बृद्धि गर्न र बजारमा समस्या भए प्रदेश सरकार तयार भएको बताए । अहिले काेदाेकाे राेटी, फाफर,जाै,लठ्ठे कागुनाे,खान पाईने र उत्पादन हुने एक मात्रै कर्णाली प्रदेश भएकाेले यसलाई संस्कृति रुपमा बिकास गरि अायअार्जन गर्न सकिने बताए ।
कर्णाली जे बिक्री गर्छ मुल्यवान नै बिक्री गर्छ भन्ने कर्णाली किसानकाे सम्पदाकाे रुपमा मुल्यवान लाेगाे कर्णाली प्रदेश सरकारले सार्वजनिक गरि अन्तर्राष्ट्रिय बजारीकरण गर्न प्रदेश सरकारका मुख्यमन्त्रीकाे भ्रमणमा यसै बिषयमा केन्द्रीत भएको उनले बताएका हुन् ।
जुम्ली स्याउकाे काँचाे बिक्रीवितरण बजारमा भएको संसदमा गुनासो भए लगतै कृषि बिकास कार्यालयमा निर्देशन गरि बिक्रीवितरण अनिवार्य सिफारिस लागू गरि काँचो स्याउ बिक्रीमा राेक लाएको र भदाै १० देखि बिक्रीवितरण खुल्ला गरेकाे सम्बाेधन मार्फत जानकारी दिए ।
जुम्ली घाेडा संरक्षण र भेडापालनमा बजेटकाे ब्यबस्था गरेकाे र अहिले गाेठालाे भत्ताबाट भेडा ब्यबसायलाइ प्रबर्द्धन गर्न प्रदेश सरकारले पकेट क्षेत्र नै निर्धारण गरेकाे बताए ।
सम्बाेधनमा मन्त्री शर्माले सल्यान जिल्ला र जुम्ला जिल्लाकाे राजनैतिक र धार्मिक सम्बन्धले नजिकैको सम्बन्ध रहेकाे प्रस्ट पारे ।
जुम्ला जिल्ला साँस्कृतिक तथा पर्यटकीय क्षेत्रकाे हिसाब ऐतिहासिक र महत्त्वपूर्ण क्षेत्र भएकोले सिजा केदारनाथ महाेत्सवबाट केदारनाथ भ्रमण गर्न भारतमा हैन कर्णालीकाे जुम्ला जिल्लामा जानु पर्छ भन्ने सन्देश दिएको बताए ।
मन्त्री शर्माले सिजा केदारनाथ पर्यटकीय क्षेत्रकाे बिकासमा प्रदेश सरकार तयार रहेकाे प्रतिबद्धता जाहेर गर्दै स्थानीय सरकारले यसकाे बिकास संरक्षण र सम्बर्द्धन गर्न संघिय लाेकतान्त्रिक गणतन्त्र नेपाल बाट मात्रै सम्भव भएकोले ब्यबस्थामा गरिने प्रहार विरुद्ध सबै गाेल बन्द हुन अाग्रह गरेकाे बताए ।
उनले भने,`सतिदेवीकाे भ दायाँ हात सिजाकाे केदार नाथमा पतन भएकाे र सतिदेवीकाे दाया करङ सल्यान लक्ष्मीपुरमा र अरु बाँकी सम्पूर्ण अंङ्ग छत्रेश्वरी मन्दिर सल्यानमा पतन भएको स्वस्थानी व्रत कथामा उल्लेख हनुले पनि सल्यान र जुम्लाको धार्मिक सम्बन्ध नजिक रहेकाे बताए ।
जुम्ला दर्पण । ११ भाद्र २०८०, सोमबार ०७:५८