अनु थिङसँग विवाह गर्दै अभिनेता बुद्धि तामाङ

काठमाडौँ : अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दैछन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् । ‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन्


तामाङले ८० वटा भन्दा बढी नेपाली चलचित्र, म्युजिक भिडियो, नाटकमा अभिनय गरिसकेका छन्। उनले साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन्।