जुम्ला । जुम्लामा भ्यान दुर्घटना हुँदा सात जना निर्वाचन प्रहरी घाईते भएका छन् । विहिबार जुम्ला बजारदेखि नाग्म तर्फ जादै गरेको भे १ ज ८१८ नम्बरको भ्यान तातोपानी गाउँपालिका वडा नं ६ धौलापानीमा दुर्घटना हुँदा सवार ७ जना निर्वाचन प्रहरी घाईते भएका हुन् ।
भ्यानमा सवार सातै जना निर्वाचन प्रहरी घाईते भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याईएको डिएसपी रविन बाबु रेग्मीले बताए । उनका अनुसार घाईते ७ जना मध्य २ जनाको अबस्था गम्भीर छ । हाल घाईतेको पहिचान खुल्न बाँकि छ ।![]()

डिल्ली कामी । ७ फाल्गुन २०८२, बिहीबार १३:१४