जुम्लामा कांग्रेस र माओवादी टुंग्याए उम्मेदवार सिफारिस

जुम्ला: मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र जुम्लाले उम्मेदवार सिफारिस टुंग्याएका छन् । प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचन क्षेत्रका लागि दुवै दलले आफ्नो पार्टीका आकांक्षीहरुको नाम सिफारिस गरेका हुन् ।

 

जस अन्तर्गत नेकपा माओवादी केन्द्र जुम्लाले प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम टुंगो लगाएको नेकपा माओवादी केन्द्र जुम्लाले जनाएको छ । माओवादीले
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ४ जना प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ ४ जना र प्रदेश निर्वाचन (ख) प्रत्यक्ष तर्फ ७ जनाको नाम सिफारिस गरिएको जनाएको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नरेश भण्डारी, डा. कलबहादुर रोकाया, गोमा कुँवर र मनऋषि धितालको नाम सिफारिस गरिएको छ । ती मध्ये भण्डारी कर्णाली प्रदेश सभा सदस्य हुन् । रोकाया लामो समय एनजिओमा काम गरेका व्यक्ति हुन् । कुँवर पूर्व राज्य मन्त्री तथा धिताल पत्रकार हुन् ।

प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्षतर्फ तातोपानी गाउँपालिकाका निवर्तमान अध्यक्ष नवराज न्यौपाने, केन्द्रका जुम्ला जिल्ला संयोजक वीरबहादुर कुवँर, मुनबहादुर बुढा र लतिलजंग महतको नाम सिफारिस भएको हो । यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख) प्रत्यक्षतर्फ देविचन्द्र उपाध्याय, चन्द्रविर तिरुवा, रजबहादुर शाही, रतनबहादुर शाही, जगत शाही, जरीलाल भट्टराई र दलबहादुर जिसीको नाम सिफारिस भएको जनाएको छ ।

नेपाली कांग्रेस जुम्लाद्धारा तीन पदका लागि ५३ जनाको नाम सिफारिस

नेपाली काँग्रेस जुम्लाले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि जुम्ला निर्वाचन क्षेत्र ९क० र ९ख० बाट प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फ देबेन्द्र बहादुर शाही,कान्तिका सेजुवाल र कर्ण बहादुर शाही तथा समानुपातिकतर्फ गिता शाही, जयहरि आचार्य, परेकलाल घर्ती, भिमनिधि हमाल लक्ष्मीप्रसाद आचार्य,लालबहादुर जिसी र लाल हमालको नाम सिफारिस गरिएको हो ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर (क) बाट प्रत्यक्षतर्फ अर्जुनसिंह कठायत, खड्गबहादुर सेजुवाल, दिनबन्धु क्षेष्ठ,लक्षिमन बोहरा ।ललिजङ्ग शाह तथा समानुपातिकतर्फ ऊमा बुढा रावल ,कार्मा बुढा ,कौशिला नेपाली ,गोबिन्द बबहादुर शाही ,तुल बहादुर शाही ,दिपक शाही , धनकृष्ण नेपाली ,नेत्रकला शाही, दिल बहादुर महत रहेका छन् ।

प्रदेश सभा क्षेत्र (ख) को प्रत्यक्षतर्फबाट दिप बहादुर शाही,देवल सिङ रावल ,महेन्द्र निधि हमाल आचार्य ,लंक बहादुर शाही,हरिकृष्ण हमाल र पूर्णप्रसाद आचार्य तथा सामानुपातिक तर्फबाट धन बहादुर बस्नेत ,अलक बहादुर शाही ,उर्मिला खत्री भण्डारी ,गगन बहादुर रोकाया,चक्र बहादुर शाही ,नरबिर रावत , छत्र बहादुर शाही,विश्वराज काफ्ले , लक्ष्मी प्रसाद आचार्य ,नवराज शर्मा तुङगानाथ उपाध्यक्ष र रबिलाल आचार्यको नाम सिफारिस गरिएको हो ।