तातोपानी गाउँपालिकामा जल-जंगल परियाेजना लागू

जुम्ला : जिल्लाकाे तातोपानी गाउँपालिकामा युएसएआइडीकाे जल जंगल परियाेजना लागु भएकाे छ । पारिस्थिकीय प्रणाली तथा वन्यजन्तुमाथि हुने जाेखिम घटाइ प्रकृति संरक्षण र सुरक्षित भविष्यसहितकाे समृद्धि सुनिश्चित गर्ने लक्ष्यसहित परियाेजना लागू हुने भएकाे हाे ।

पारिस्थितिक प्रणालीकाे स्वास्थ्य सुधार,वातावरणीय अपराध नियन्त्रण तथा प्राकृतिक स्राेत सुरक्षा र जलवायु उद्यानशीलता अभिवृद्धिमा सहयाेग पुर्याउने उद्देश्यसहित जल-जंगल परियाेजना सञ्चालन हुनेछ ।

गाेष्ठीमा बाेल्दै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईँले गाउँपालिका र परियाेजनाबीच तातोपानीकाे अवस्था सुधारका लागि काम गरिने बताएका थिए ।

जल-जंगल परियाेजनाका वरिष्ठ कार्यक्रम अधिकृत भरत चाैलागाईले परियाेजनाका देशभर चार वटा भू-परिधि क्षेत्रमा सञ्चालन भइरहेकाे छ  ।

उनका अनुसार चितवन अन्नपूर्ण,तराई,कर्णाली र पवित्र कैलाश भू-परिधि हुन् । तीमध्येकाे एक कर्णाली हाे । साेही अन्तर्गत याे परियाेजना ताताेपानीपनि लागू हुने उनले बताए । डिएआई,रूपान्तरण,एनसाब र सिएमडिएन परियाेजनाका साझेदार संस्थाका रूपमा रहेका छन् ।

साे अवसरमा जलवायु,प्रकाेप र अपांगताकाे विषयमा परियाेजनाकी वरिष्ठ गेष्ट अधिकृत शारदा शेर्पाले पनि प्रशिक्षण दिएकी थिइन् ।

यसैबीच साेमबार ताताेपानी गाउँपालिकामा युएसएआइडी जल जंगल प्राकृतिक स्राेत व्यवस्थापनमा महिला तथा जाेखिममा परेकम समुदायको मुद्दा सम्बाेधन गर्न बहु- सराेकारवालाबीचकाे संवाद गाेष्ठी सम्पन्न भएकाे छ ।

परियाेजनाले यसवर्ष गिडीदहकाे संक्षरणकाे याेजना रहेकाे बताइएकाे छ । परियाेजना सन २०२७ सम्म सञ्चालन हुनेछ ।