गत वर्षको पुष मा तिला गाउँपालिका ढिपुमा नमस्तेको टावर शिलान्यास गरेको थियो । त्यो टावर गाउँपालिकाका निवर्तमान अध्यक्ष रतननाथ योगीले उद्घाटन गरेका थिए ।
त्यतिबेला सूचनाको पहुँजबाट बञ्चित भएका तिलाबासीले सहजै फोन सेवा पाउन भन्ने उद्देश्यले काम थालेको बताएका थिए । तर, उनको कार्यकाल रहुञ्जेल उक्त काम अगाडी बढ्न सकेना । तिलाबासीले अहिलेसम्म उक्त सेवा पाउनसमेत सकेका छैनन् । उक्त काम अहिलेपनि अलपत्र अवस्थामा छ ।
टावर शिलान्यास हुँदा तिलाका ढिपु ,रासा,मालापानी,खोप्री,भेरीखोला,सुडि,रिपीका स्थानीयलाई फोन गर्न डाँडाकाँडा धाउनुपर्ने बाध्यता हट्ने आशा गरिएको थियो । शिलान्यास गरेकै एक वर्ष भइसकेको छ । टावरको निमार्ण कार्यले गति लिन सकेन ।
अध्यक्ष योगीको कार्यकाल पनि सकियो । त्यस पश्चात कसैको ध्यान गएन । तर पछिल्लो समय देश संघ र प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा छ । योगी जुम्लाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । नेकपा एमालेबाट उनी निर्विकल्प जस्तै छन् ।
उनीपनि टिकट पाउनमा ढुक्क देखिन्छन् । त्यसको लागि उनले शक्ति केन्द्र धाउने कामसमेत गरिरहेका छन् । हिजो सामाजिक सञ्जालमा उनले पोष्ट गरेको एउटा पोष्टले पनि उनी चुनावका लागि तयार छन् भन्ने भान हुन्छ । चुनावको मुखमा बुधबार फेसबुकमा स्टाट्स हाल्दै जनताबीचको बाचा पुरा हुदै आएको लेखेका थिए ।
एक वर्ष भयो,‘ कामले गति लिएन ।’ भुल्न लागेको टावर पुनः निर्वाचनले याद दिलाई दिइएको स्थानिय बताउँछन् । उक्त टावर गर्त वर्ष नेपाल टेलिकम र तिला गाउँपालिकाको सहकार्यमा उक्त टावर शिलान्यास भएको थियो । निर्माण कार्य पुनः सुरु भएको छ । अहिले टावर निर्माणका लागि स्थानिय सामान बोकीरहका छन् ।
यस्तो छ उनको स्टाटस्
जुम्ला दर्पण । ३० भाद्र २०७९, बिहीबार १९:४५