ताताेपानी गाउँपालिकाकाे आगामी आ.व.काे नीति तथा कार्यक्रम र बजेट अनुमाेदन

जुम्ला : जिल्लाकाे तातोपानी गाउँपालिका गाउँसभाको १५ औं अधिवेशन सम्पन्न भएकाे छ । बिहीबार गाउँसभाको १५ औं अधिवेशन विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे हाे ।

अधिवेशनले आ.व. २०८१/८२ नीति तथा कार्यक्रम र आ.व. २०८१/८२ आय-व्याय (बजेट) सभामा प्रस्तुत भइ अनुमोदनसहित पारित भएकाे छ ।

यस्तै तातोपानी गाउँपालिकाको आर्थिक ऐन २०८१ र सामुदायिक विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान सम्बन्धि कार्यविधि, २०८१ अनुमोदन भएकाे हाे ।

गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईंले अधिवेशनमा नीति तथा कार्यक्रम, बजेट पारित गर्दै विविध नीतिगत निर्णय गरिएकाे छ । गाउँसभाको १५ औं अधिवेशनको दोश्रो बैठक सफलतापुर्वक सम्पन्न भएकाे छ ।