करोडौंको लगानीमा जुम्लाको बिमास्थलमा ट्र्मिनल भवन बन्दै ।

डिल्ली अन्जान जुम्ला


जुम्लामा रहेको बिमान स्थलमा नयाँ सुविधायुक्त टर्मिनल भवन बनाउनको लागि १ करोड बजेट बिनियोजन भएको छ । चालु आर्थिक वर्षमा नेपालका १८ बिमान स्थलको टर्मिनल भवन बिस्तार तथा स्तरउन्नती हुन लागेको नागरिक उड्यान प्राधिकरणले जनाएको छ ।

जस अन्तर्गत चालु आर्थिक वर्षमा नै जुम्ला बिमान स्थलमा सुविधायुक्त टर्मिनल भवन निर्माण गर्नको लागि १ करोड बजेट विनियोज भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत पछिको दोस्रो ठुलो शहरका रुपमा समेत रहेको जुम्ला विमान स्थलमा यात्रुको चाप अत्याधिक हुने गरेको छ । यद्यपि सेडुल अनुसार उडान नभएका कारण यात्रुले सास्ती खेप्नु परेको छ ।

विमान स्थल स्तरबृद्धि तथा बिस्तार नहुँदा यात्रुको चाप अनुसार ठुला जहाज जुम्ला ल्याउन नसक्दा समस्या भएको जुम्ला विमान स्थलका प्रमुख सन्तोष अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जुम्ला बिमानस्थल स्तरबृद्धिको पहल बिगत देखि भएको बताउनुभयो ।

हालको टर्मिनल भवन निकै पुरोना भईसकेको उहाँको भनाइ छ । चालु आर्थिक वर्षमा प्राधिकरणले सुविधायुक्त टर्मिनल भवन बनाउनको लागि १ करोड बजेट विनियोजन गरेको उहाँले सुनाउनुभयो । कार्यालय प्रमुख अधिकारीका अनुसार जुम्ला विमान स्थलमा टर्मिनल भवन निर्माण पश्चात कर्णालीको पर्यटन प्रवद्र्धनमा उल्लेखनिय बृद्धि हुने आशा गरिएको बताउनुभयो ।

उहाँका अनुसार जुम्लाको विमान स्थलको टर्मिनल भवन निर्माण भएमा डोल्पा, हुम्ला, मानसरोवर तथा मुगुको राराताल आउने जाने स्वदेशि तथा विदेशि पर्यटक अनिवार्य जुम्ला पुग्ने अवस्था अवश्य आउने कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।