तिला गा.पा जुम्लाले लक्षित वर्ग अन्तर्गत दलित समुदायका१५५ घर धुरी लाई ग्यास चुलो वितरण ।

डिल्ली अन्जान

जुम्ला,२५ असार ।  जुम्लाको तिला गाउँपालिकाले वडा नम्बर १,२ र ८ वडा भित्रका १५५ जना लक्षित वर्गलाई ग्यास चुलो वितरण गरेको छ । गाउँपालिकाको बजेटबाट लक्षित वर्ग अन्तर्गत सो वडाका दलित समुदायलाई आइतवार ग्यास चुलो र  सिलिण्डर वितरण गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन्।

गाउँपालिकाको प्रमुख प्रथामिकता भनेको लक्षित वर्गलाई चाहिने सिपमुलक तालिम र उत्पादनमूलकमा जोड्का लागि यो वर्षबाट निति तथा कार्यक्रमबाट विशेष बजेटको व्यवस्थापन समेत गरेका छौ। उपाध्यक्ष बुढाले भनिन् ।  ‘ग्यासको सहि सदुपयोग गर्ने तपाईंहरुको महत्त्वपूर्ण जिम्मेवारी रहेको छ । अर्को पटक अरुवडाका लक्षित वर्गलाई त्यस्ता कार्यक्रम समेटेर लिएर जाने’ उपाध्यक्ष बुढाको भनाइ छ ।  दाउराको धुवाँले गाउँका महिलालाई स्वास्थ्यमा असर समेत पारेको हुन्छ । खाना र खाजा बनाउन सजिलो र सहज हुने भएकोले यहाँका लक्षित वर्ग अन्तर्गतका दलित समुदायलाई ग्यास चुलो र  सिलिण्डर प्रदान गरेको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।

आर्थिक बर्ष २०८०/८१को नीति कार्यक्रम र बजेटमा लक्षित वर्गका समुदायको जनहितमा राहत हुने जस्ता कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष रोकायाको भनाइ छ । गाउँपालिकाले  यहाँका लक्षित वर्गका लागि जनमुखी कार्यक्रम ल्याएकोमा पालिकालाई  धन्यवाद तथा आगामी बर्षको लागि  सहयोगको अपेक्षा समेत राखेको कार्यापालिका सदस्य धन बहादुर नेपालीले बताए ।

हाम्रो समस्य बुझेर ग्यास चुलो र  सिलिण्डर दिएकोमा स्थानीय सरकारले जनताको मर्म र भावना अनुसार काम गरेकोमा तिला गाउँपालिकाले नमुना काम गरेको तिला गाउँपालिका – १ का स्थानीयवासि कासीकला नेपालीले बताइन् ।  कार्यक्रमको संचालक तिला गाउँपालिका प्रशासन शाखाका प्रमुख खड्का रावतले गरेका थिए ।  उत्त कार्यक्रममा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,वडाध्यक्ष, कर्मचारी र पत्रकारको सहभागी रहेको थियो ।