जुम्ला : शसस्त्र प्रहरी बल ३३ नम्बर जुम्लाले शसस्त्र प्रहरीको २४औँ स्थापना दिवसको अवसरमा निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।
‘लागुऔषध,सिमा सुरक्षा र युवा’ विषय निबन्ध प्रतियोगिता सम्पन्न भएको हो । दिवसमा ११ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा तातोपानी–६ की तेन्जिता विश्वकर्मा प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । प्रथम भएकी विश्वकर्मालाई शसस्त्र प्रहरी बल जुम्लाका प्रमुख लालबहादुर शाहीले प्रमाणपत्र,नगद्सहित सम्मान गरेका थिए ।
उनले आगामी दिनमा यस्ता प्रतियोगितामा सहभागी हुन आग्रह गरे । पुरस्कृत भएपछि शसस्त्र प्रहरी दिवसको अवसरमा आफूलाई प्रथम हुन सफल भएको भन्दै उनले आफूलाई हौसला मिलेको बताए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले देशको सुरक्षामा शसस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट हुने सम्पूर्णलाई बधाइ ज्ञापन गरे ।
यस्तै,तातोपानी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विशाल खड्काले प्रतियोगितामा उत्कृष्ट हुनेलाई बधाइ ज्ञापन गरे ।
जुम्ला दर्पण । ९ माघ २०८१, बुधबार १९:११