पार्टी काग्रेंसीजनको पवित्र मन्दिर हो,एकढिक्का बनाउने जिम्मा तपाईंको हो ?

जुम्ला : नेपाली काग्रेस पार्टी जुम्लाका उपसभापति कार्मा बुढा आगामी मंसिर ४ गते सम्पन्न हुने संघ तथा प्रदेश निर्वाचनका लागि प्रदेश सभाको उम्मेदवारमा सिफारिस भएका छन् । उनलाई प्रदेश निर्वाचन क्षेत्र ९क० समानुपातिक तर्फको उम्मेदवारमा नेपाली काँग्रेस जिल्ला कमिटी जुम्लाले सिफारिस गरेको हो ।


सरकारले मंसिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गर्दैछ । दलहरु निर्वाचनको तयारीमा लागि परेका छन् । सतारुढ दलहरु सिट बाँडफाँडमा लागिरहेका छन् । यसै सन्दर्भमा जिल्ला समन्वय समितिका जुम्लाका पूर्व उपप्रमुख समेत रहेका बुढाले प्रधानमन्त्री शेरबहादुर देउवालाई लाखौँ कार्यकर्ताहरुको भावनाको कदर गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुमा एक स्ट्याटस लेख्दै पार्टीमा बहुमतको दम्भ नदेखाउन सुझाव समेत दिएका छन् । उनले लेखेका छन्,

आदरणीय शेर बहादुर दाई जय नेपाल तपाईलाई दम्ब होला, नेपाली काग्रेंस केन्द्रीय कार्यसमितिको बहुमत संख्या बिजयी भएकोमा । । तर नेपाली काग्रेंस समग्र काग्रेंसीजनको पवित्र मन्दिर हो र तपाईं मुख्य पुजारी ।

पुजारीले प्रसाद बाड्दा मेरोलाई बढी र अर्काको लागि कम भन्ने व्यवहार पक्कै पनि गर्नु हुन्न र गर्दा पनि सुहाउँदैन, पार्टीलाई एक ढिक्का बनाएर लिने जिम्मा तपाईंको हो, निर्वाचनमा शेखर दाईसहित सबै नेताको परामर्शमा छलफलसहित समानुपातिकको नाम टुग्याउने र हाम्रो होईन राम्रो मान्छे उम्मेदवार चयन गरियोस् भनि अनुरोध गर्न चाहान्छु, कसैले कसैलाई कमजोर नठानियोस् आगोको झिल्को सानो हुन्छ तर शहर तहस नहस पार्न प्रयाप्त हुन्छ, समयमै ध्यानाकर्षण होस् अनुरोध ।

उनका अनुसार लोकतान्त्रिक पार्टीमा पक्ष विपक्ष हुनु स्वभाविक भएपनि निषेधको राजनीतिले आफूलाई नै बेफाइदा हुन्छ । उनले अहिलेको निर्वाचनमा सबै एकजुट भएर अघि बढ्नुपर्ने समेत भएका छन् ।