जुम्ला ः जुम्ला कारागारका कैदीवन्दीलाई दसै मनाउनका लागि हिमा गाउँपालिकाले खसी प्रदान गरेको छ । कारागारमा कैदी जीवन बिताइरहेका उनीहरुले गाउँपालिकाले दसैँ मनाउनका खसी उपहार दिएको हो ।
उक्त खसी गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले कारागारका प्रमुख विष्ण्ुबहादुर महतलाई प्रदान गरेका थिए । अध्यक्ष शाहीले फुलपातीका दिनको अवसर पारेर पालिकाको तर्फबाट सहयोग गरिएको बताए ।
विभिन्न कारणले कारागारमा बन्दी जीवन विताई रहेका उनीहरुलाई दसैं मनाउन सहज होस भन्ने उद्देश्यका साथ खेलकुद सामग्री र खसी उपलव्ध गरिएको अध्यक्ष शाहीले बताए ।
कारागारमा महिला ८० जना र पुरुष १२० जना गरी दुई सय जना क्षमताको हो । यो कारागारको क्षमता भन्दा कम कैदीवन्दी छन् । ३ जना महिलासहित १०८ जना कैदीवन्दी रहेका छन् ।
जुम्ला दर्पण । १६ आश्विन २०७९, आईतवार १७:२९