ग्यास चुलो र हिल ट्याङ्क वितरण र स्वस्थ समाज निर्माणमा जाेड वडाध्यक्ष महत

दर्पण सवाददाता – जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ५ ले धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माणका लागि ग्यास चुलो र हिल ट्याङ्क वितरण गरेको छ । वडा नम्बर ५ भित्र पर्ने विभिन्न गाउँका करिब ४ सय २० परिवारलाई ग्यास चुलो र हिल ट्याङ्क वितरण गरेको वडाध्यक्ष छिरिङ्ग महतले बताउनु भयो । उहाँका अनुसार, एैरेनी, लाम्रा र श्रीनगर लगायतका टोलका बासिन्दालाई ग्यास चुलो वितरण गरेको  उहाँले वताए ।

धुवाँमुक्त समाज बनाउने र वनजङ्गलको संरक्षण गर्ने उद्देश्यले ग्यास सिलिण्डिर सहित चुलो वितरण गरिएको वडाध्यक्ष महतले जानकारी दिनुभयो । वडा न ५का सुर हमाल भन्छन  भान्सामा दाउरा प्रयोग गर्दै आएका थिए । दाउराबाट निस्केको धुवाँले मानव स्वास्थ्यमा असर गर्ने र दाउराको बढी प्रयोगले वनजङ्गल विनास हुने भएकाले प्रत्येक परिवारलाई ग्यास चुलो र सिलिण्डर वितरण गरेकाेमा अाफु खुसी भएकाे   वताए ।उनकाे अनुसार, धुवाँले श्वासप्रश्वास र दम लगायतका रोग लाग्ने भएकाले स्थानीय नागरिकको स्वास्थ्य अवस्थालाई मध्येनगर गर्दै ग्यास चुलो र हिल ट्याङ्क उपलब्ध गराएको जानकारी गराउनु भयो । चिसो समयमा ग्यास चुलो र हिल ट्याङ्कको प्रयोग गाउँघरमा कमैले गरेपनि गर्मी सिजनमा प्रयोग गर्नका लागि वितरण गरेको उनकाेभनाइ छ ।