जुम्लामा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सुरु भएको छ। जुम्ला र कालिकाेटका स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, पत्रकारकाे उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सुरु भएकाे हाे।
हाेटेल काञ्जिराेवा जुम्लामा सुरु भएकाे कार्यक्रममा सर्तिजन्य पदार्थ नियन्त्रणका विषयमा छलफल हुने छ। विश्वभर करिब ८० लाख मानिसकाे मृत्युु सूर्तिजन्य पदार्थको प्रयाेगका कारण भइरहेकाे छ। १३ लाखले अरुले प्रयाेग गरेकाे धुम्रपान सेवनकाे धुँवाकाे असरका कारण ज्यान गुमाउने गरेका छन्।
सुर्तीजन्य पदार्थ प्रयाेगकर्ताकाे औसत आयु सालाखाला १५ वर्षले घट्छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य करकोषको सचिवालयकाे आयाेजनामा सुरु भएकाे अन्तरक्रियामा सुर्तीजन्य पदार्थ नियन्त्रण, नियमनका सम्बन्धमा छलफल हुने छ।
सुर्तीजन्य पदार्थ के हाे?
सूर्तिजन्य पदार्थ भन्नाले धूम्रपान वा सूर्ति सेवनको लागि बनाईएको वा उत्पादन गरिएको चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनी, गुट्खा, सूर्ति वा यस्तै प्रकारका अन्य सूर्तिजन्य पदार्थ भन्ने वुझिन्छ।
डिल्ली कामी । २६ बैशाख २०८२, शुक्रबार १२:०२