आठ सदस्यीय मन्त्रिपरिषद् गठन

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्री नियुक्त गर्नुभएको हो । शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहालसहित आठै जना मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

मन्त्रीपरिषदमा एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधामन्त्री बन्नुभएको छ । पौडेललाई अर्थ, श्रेष्ठलाई भौतिक पूर्वाधार र लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै एमालेबाट दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्र राई र जनमत पार्टीका अब्दुल खानले मन्त्रीको शपथ ग्रहण गरे पनि मन्त्रालयको जिम्मेवारी भने पछि तोकिने छ ।

तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका दाहालले पहिलो पटक दाैरा सुरुवालमा शपथ ग्रहण गर्नुभएको छ ।