जुम्ला । जुम्ला-जाजरकाेट पत्रकार महासंघ शाखाकाे संयुक्त बैठक बस्ने भएकाे छ । आगामी चैत तेस्राे साता जुम्ला- जाजरकाेट सिमा क्षेत्र ( ईमिल्छा-कुसेमुसे पाटन ) मा संयुक्त बैठक बस्ने निर्णय भएकाे हाे ।
पुस ९ गते सुर्खेतमा नेपाल पत्रकार महासंघ जुम्ला र जाजरकाेटका अध्यक्षद्दाेय नेत्र बहादुर शाही र बाल कुमार शर्मा तथा पत्रकार महासंघ जुम्लाका केन्द्रीय सदस्य दिपेन्द्र शर्माकाे उपस्थितिमा सम्पन्न बैठकले जुम्ला-जाजरकाेटकाेे सम्बन्ध सुदृढिकरण गर्न,सुरुङ मार्ग निर्माणलाई गति दिन,पर्यटन प्रर्बद्दन गर्न र जलवायु अनुकुलन बारे सन्देश दिन आगामीचैत तेस्राे साता जुम्ला-जाजरकाेट सिमना क्षेत्र (ईमिल्छा-कुसेमुसे पाटन ) संयुक्त बैठक गरिने निर्णय भएकाे छ ।
पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले यस संयुक्त भेला र बैठकले जुम्ला-जाजरकाेट जाेड्ने सुरुङ मार्ग निर्माणलाई गति दिन,पर्यटन प्रर्बद्दनमा टेवा पुराउने विश्वास व्यक्त गरे ।
उता पत्रकार महासंघ जाजरकाेटका अध्यक्ष बालकुमार शर्माले पत्रकारहरुकाे संयुक्त भेलाले दुई जिल्लाकाे सम्बन्ध थप सुदृढीकरण हुनुका साथै पर्यटन प्रर्बद्दन टेवा पुराउने बताईन् ।
पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले पत्रकारहरु जिल्ला केन्द्रित मात्रै हुन्छन् भन्ने साेचलाई अन्त्य गर्दै दुई जिल्लाकाे हित हुने र पत्रकारहरु बिच सम्बन्ध समधुर हुने जुम्ला-जाजरकाेट पत्रकार महासंघकाे संयुक्त बैठक सफलताकाे शुभकामना व्यक्त गरे । बैठक सफल पार्न आबश्यक सहयाेग गर्ने प्रतिबद्दता गरे ।
बैठकमा दुबै जिल्लाका सिमा क्षेत्रका पालिका जनप्रतिनिधि,सुरक्षा प्रमुख,बृद्दिजीवि लगायत आम सराेकारवालाकाे सहभागिताका लागि पहल गरिने छ ।(साभार)karnalipostdely.com
जुम्ला दर्पण । १३ पुष २०७९, बुधबार १४:२२