डाँडाकोटका राजन नेपाली : उपचारका लागि आर्थिक समस्याका कारण जीवन मरणको दोसादमा

जुम्ला : चन्दननाथ नगरपालिका– ३ डाँडाकोटका २६ वर्षीय राजन नेपाली उपचार खर्च नपाएर जीवन मरणको दोशाधमा छन् । उनी विगत ७ वर्षदेखि पहिचान हुन नसकेको रोगका कारण थला परेका छन् । उनी हिँडडुल गर्न सक्दैनन् । पछिल्लो अवस्थाले उनी निकै हताश मनस्थितिमा गुज्रिरहेका छन् । यो अवधिमा उनले कहिल्यै कसैलाई उपचारका निम्ति गुहारेनन् । आफूसँग भएको धेरथोर रकमबाट सकेको उपचार गरे । रोग पत्ता नलागेपछि जस्तोसुकै औषधिमुलोको के काम पैसा खर्च हुँदै गयो । धन सम्पत्ति नासिँदै गयो । तर, उनलाई निको भएन । झन् कमजोर हुँदै गए ।

संविधानमा निःशुल्क स्वास्थ्य उपचारको कुरा पनि गरिएको छ । हरेक चुनावमा नेताहरूको चुनावी एजेन्डा निःशुल्क स्वास्थ्य शिक्षाको बन्छन् । तर राजन जस्ता धेरै नागरिकले उपचार खर्च नभएकै कारण मृत्यु कुरेर बस्नु परेको छ । जब उनी सम्पूर्ण रूपमा रित्तो हुँदै गए तब उनी मृत्यु पर्खिरहेका छन् । उपचार गर्न नसकेर हताश भएका राजनले भने, ‘अब मृत्यु कुर्नुबाहेक के नै छ र मेरो को छ र, बाँच्ने कसरी आस गरौँ ’ ९ कक्षा पढ्दै गर्दा उनी जिल्ला बाल क्लब सञ्जालको अध्यक्ष भइसकेका थिए । कुशल नेतृत्व क्षमता भएका उनी जिल्लाभरका बालबालिकाका हक अधिकारका निम्ति लड्थे । गाउँ– गाउँमा हुने बालविवाह, बालबालिकामाथि हुने हिंसात्मक गतिविधिविरुद्ध अभियान चलाउँथे । विद्यालयको पहुँचमा नपुगेका बालबालिकालाई विद्यालयसम्म पु¥याउन अभियान चलाउँथे । गाउँमा सरसफाइ अभियान चलाउँथे ।

यी विविध गतिविधिका कारण उनी बालबालिकाको नजरमा नाम चलेका नेता भइसकेको थिए । विद्यालयस्तरमा पढ्दै गरेका हरेक बालबालिकाले आफ्नो आदर्श ठान्ने उनी पछि राजनीतिमा आए । बुझेर राजनीतिक गतिविधिमा लागेका उनी देशमा शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्छ, रोजगार राज्यले नै दिनुपर्छ भन्ने आदर्श बोकेको नेपाल मजदुर किसान पार्टीको विद्यार्थी सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घमा आबद्ध भए । नेपाल मजदुर किसान पार्टी (नेमकिपाका)का प्रकाशनहरूको अध्ययन र संगठनिक गतिविधिले उनी खारिँदै गए । उनमा दिनदिनै परिपक्वता देखिँदै थियो ।

उनको प्रभावले सङ्गठनमा आबद्ध हुनेको सङ्ख्या बढ्दै थियो । नेक्रावि सङ्घ जुम्लाको इतिहासमा उनले आफ्नो नेतृत्वमा पहिलो पटक उच्च मा.वि. पढ्ने विद्यार्थीहरू सङ्गठित गरी प्रथम उच्च मा।वि। सम्मेलन गरेका थिए । त्यो सम्मेलनले उनलाई अध्यक्षमा निर्वाचित ग¥यो । देशभरका सरकारी उच्च मा.वि.हरुले विद्यार्थीबाट शुल्क उठाउँदै गर्दा संविधानको मौलिक हक अन्तर्गतको धारा ३१ लाई देखाएर जुम्लामा विद्यार्थीहरुले निःशुल्क पढ्न पाउने प्रबन्ध मिलाउने आन्दोलनका नेता राजन नै थिए ।

 

परिणाम आज ११र१२ मा पढ्ने विद्यार्थीले स्कुलमा शुल्क बुझाउनु पर्दैन । हरेक खालका शैक्षिक अराजकता र अनियमितताविरुद्ध खरो उत्रने उनी यतिबेला थला परेका छन् । धेरैलाई उनको पछिल्लो अवस्थाको विषयमा जानकारी छैन । उनलाई के रोग लागेको हो रु कहीँ गएर पनि पत्ता लागेन । उनी झन् कमजोर बन्दै गइरहेका छन् । हिजो कमजोर र बेसहारालाई भरोसा दिने उनी आज आफैँ सहारा खोज्ने स्थितिमा पुगेका छन् ।