जुम्ला : चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समिति जुम्लाले सम्झौता बमोजिम भाडा नतिर्ने टहरामा तालाबन्दी गरेकाे छ । गुठीसँग सम्झाैता गरेर व्यवसाय सञ्चालन गरेका तर भाडा नतिरेका टहरामा तालाबन्दी गरिएको हाे ।
साेमबार गुठी व्यवस्थापन सिमिति,जिल्ला प्रशासन कार्यालय,सुरक्षा निकाय र सराेकारवालाहरूकाे सहभागीतामा टहराहरूमा तालाबन्दी गरिएकाे थियाे ।
चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समिति जुम्लाका अध्यक्ष अम्मर बहादुर थापाका अनुसार चन्दननाथ-५ स्थित कालेखाेलीमा सञ्चालन भइरहेका ६ वटा टहराहरूमा तालाबन्दी गरिएकाे हाे । उक्त क्षेत्रमा गुठीले ३६ वटा टहरा सञ्चालनमा छन् । अध्यक्ष थापाले १० वटा टहराले लामाे समयदेखि भाडा नतिरेकाे बताए ।
`बन्द गरिएका टहराहरूले सातदेखि एक वर्षसम्म भाडा तिरेका छन् । एउटै टहराबाट लाखाै रकम उठाउनु छ । उनीहरूले सातदेखि १८ महिनासम्मका भाडा तिरेका छन् । उनीहरूबाट १२ देखि २ लाख सम्म तिर्न बाँकि छ । भाडा तिर्नकाे पटकपटक ताकेता गर्दासम्म नटेरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेकाे हाे,´अध्यक्ष थापाले जुम्ला दपर्पसँग भने ।
भाडावालाहरूले गुठीसँग सम्झाैता गर्दा तीन महिनाभित्र भाडा तिर्ने सम्झाैता गरेकाे गुठीकाे दाबी छ । सम्झाैतामा तीन महिना सम्म भाडा नबुझाएमा सम्झाैता रद्द हुने भनेर भाडावालाले हस्ताक्षर गरेका छन् ।
जुम्ला दर्पण । २४ असार २०८१, सोमबार १९:२२