ज्ञानेन्द्र शाहीलाई ‘समयमै सच्चिउ’ भन्दै तरुण दल जुम्लाको चेतावनी

जुम्ली पुत्र स्वीकार गरेका छौ,पिङीबाटै सुरु गर्न नपरोस्

जुम्ला : नेपाली कांग्रेस निकट नेपाल तरुण दल जुम्लाले सांसद ज्ञानेन्द्र शाहीलाई समयमै सच्चिन चेतावनी दिएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल तरुण दल जुम्लाले जुम्लाका सांसदसमेत रहेका शाहीलाई बोलेरै सोझा जुम्ली जनता झुक्याएझै संसार नझुक्किने भन्दै समयमै सच्चिन चेतावनी दिएको हो ।

नेपाल तरुण दल जुम्लाको आधिकारिक पेजमा भनिकएको छ,‘ज्ञान बहादुर जी विगतका पात्र र मुकुन्दे र रविलाई नियाल्दा हुन्छ,जसले बोलेरै कीर्तिमान बनाएका छन् । धरातल नबुझी के बोल्ने,कति,कसरी बोल्ने,कहाँ बोल्ने, कसका विरुद्ध बोल्ने! कति सीमा राखेर बोल्ने आत्ममन्थनको समय आइसक्यो ।’ शाहीलाई जुम्ली पुत्रका रुपमा स्वीकार गरेपनि अति गरे जुम्लाकै पिङीबाटै सुरु गर्न नपरोस् भन्दै धम्की दिइएको हो । भनिएको छ,‘जिल्ला, जरा हामीलाई थाहा छ । हेक्का रहोस् ।’

ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै कान्तिका सेजुवालको प्रश्न ? परारष्ट्र मन्त्रीले के कारणले राजीनामा दिने

यसअघि प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले आफ्नै गृह जिल्ला जुम्ला सांसद ज्ञानेन्द्र शाहीलाई सस्तो लोकप्रियताको खेलमा नलाग्न सामाजिक सञ्जालमार्फत चेतावनी दिएकी छन् ।