व्यक्तिगत घटना दर्ता सप्ताह गर्दैै तातोपानी

जुम्ला ः जिल्लाको तातोपानी गाउँपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताह गर्ने भएको छ । २०८० साल बैशाख १ गतेदेखि ७ गतेसम्म एक साता सप्ताह आयोजना हुने भएको हो ।


व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तीका लागि जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेद लगायतका व्यक्तिगत घटनाहरु अनिवार्य गर्न कार्यालयले अपील गरेको छ ।

घटना घटेको ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा दर्ता गर्न र गराउन समेत गाउँपालिका बासीलाई आग्रह गरिएको छ ।