नागरिक समाज सञ्जाल सञ्चालन निर्देशिका निर्माण

जुम्ला : तातोपानी गाउँपालिकामा पालिकास्तरीय नागरिक समाज सञ्जाल सञ्चालनका लागि निर्देशिका तयार गरिएकाे छ । किर्डाक नेपालद्धारा सञ्चालित सहयात्रा तेस्रो परियोजना अन्तर्गत गठन गरिएकाे नागरिक समाजकाे सञ्चालनका लागि निर्देशिका तयार गरिएकाे हाे ।

मंगरबार एक कायर्यक्रमका बीच सञ्जालले वर्षभरी गर्ने कार्यहरूकाे संगालाे नागरिक समाज सञ्जाल सञ्चालन निर्देशिका-२०८१ सार्वजनिक गरिएकाे थियाे ।

निर्देशिकामा परिभाषा,लक्ष्य,उद्देश्य,कायर्यक्रम कायर्यान्वयन प्रक्रिया र रणनीति तयार गरिएकाे छ । यस्तै सञ्जालकाे कार्य तथा भुमिका,काम,कर्तव्य पनि ताेकिएकाे छ ।

यसअघि तातोपानीमा बालबालिकाको विभिन्न समस्या र सवालको वकालत र पैरवी गर्न तातोपानीमा प्रेम बहादुर अधिकारीको संयोजकत्वमा १९ सदस्यीय नागरिक समाज सञ्जाल गठन गरिएको थियाे ।

नागरिक समाज सञ्जालले बालबिवाह, बालश्रम, लागुपदार्थ दुव्र्यसनी, बाल हिंसाका विरुद्धमा उभिएर सकारात्मक सञ्चारमा टेवा दिने किर्डाक नेपाल अन्तगर्गत बाल अधिकार शासन तथा बाल संरक्षण परियोजनाका संयोजक प्रकाश शाहीले बताए ।

उनका अनुसार बालबालिकाको हकहित र अधिकार सुनिश्चित गर्नको लागि नागरिक समाजले खेल्नु पर्ने भुमिका विषयमा व्यापक छलफल भएको थियाे ।

नागरिक समाज सञ्जालका संयोजक पे्रम बहादुर अधिकारीले निदर्देशिका अनुसार काम गरिने बताए । कायर्यक्रममा सञ्जालका पदाधिकारी तथा सराेकारवालाहरूकाे सहभागीता रहेकाे थियाे ।