प्रधानमन्त्री ओली भदाै २३ गते जुम्ला आउँदै

जुम्ला  : आगामी भदाै २३ गते प्रधानमन्त्री केपी शर्मा जुम्ला आउने भएका छन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली जुम्ला आउने भएका हुन् ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओली प्रतिष्ठान स्थापनाकाे १३ वर्षपछि पहिलाेपटक आयाेजना हुन लागेकाे दिक्षान्त समाराेहमा सहभागी हुन २३ गते जुम्ला आउन लागेकाे प्रतिष्ठानले जनाएकाे छ ।

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसाार स्थापनाको १३ वर्षपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रथम दीक्षान्त समारोह गर्न लागेको छ र उक्त समाराेहकमेे प्रमुख अतिथिका रुपमा सहभागी हुन जुम्ला आउने कार्यक्रम तय भएकाे छ ।

‘अहिले हामी दीक्षान्त समारोहको तयारीमा जुटेका छौं,’ उनले भने, ‘दीक्षान्त समारोहका लागि कुलपति एवं प्रधानमन्त्रीबाट स्वीकृति आइसकेको छ।’

साे अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक विल्डिङ)को समेत उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले प्रधानमन्त्री ओलीसँगै स्वास्थ्य मन्त्री प्रदीप पौडेलपनि सहभागी हुन जुम्ला आउने छन् ।दिक्षान्त समारोहमा प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुने छन्।

प्रतिष्ठानबाट जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तह गरि ५६ विद्यार्थी पास आउट भएका छन् ।