तातोपानी-१काे सार्वजनिक सुनुवाइ : शिक्षा र युवाका सवालबारे स्थानीयकाे चासाे

जुम्ला : जिल्लाकाे तातोपानी गाउँपालिका वडा नम्बर १ काे  सार्वजनिक सुनुवाइ सम्पन भएकाे छ । तातोपानी गाउँपालिका वडा नम्बर १ काे आयाेजनामा आर्थिक वर्ष २०८०/०८१ काे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे हाे ।

सार्वजनिक सुनुवाइकाे क्रममा स्थानीयले वडा सरकारका विविध काम कारबाहीबारे जिज्ञासा राखेका थिए ।  युवा कृष्ण कामीले गत आव र चालू आवमा युवा लक्षित कार्यक्रम नसमेटिएकाे भन्दै प्रश्न गरे ।

पुर्व वडाअध्यक्ष प्रेमबहादुर कठायतले तरापीकाे डीपीआर अनुसार विकास हुनुपर्ने बताइन्। स्थानीय महिला छिता धरालाले विपद्मा परि घर भत्किएको तर स्थानीय सरकारले अहिलेसम्म राहत नदिएकाे भन्दै प्रश्न गरेकी थिइन् ।

कालाे कामीका अनुसार गणेश माविकाे विकासमा स्थानीय सरकारले कस्ताे काम गरिरहेकाे छ ।
स्थानीयले राखेका जिज्ञासामाथि  जवाफ दिदैँ वडाअध्यक्ष कर्णबहादुर कठायतले वडा सरकारले युवाहरूलाई नीति तथा कार्यक्रममा समेटिएकाे बताए ।

उनका अनुसार विभिन्न समयममा युवाहरूलाई बाेलाउँदासमेत आउदैनन् । प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले तरापीकाे डीपीआर अनुसार विकास गर्न प्रतिबद्ध रहेकाे बताए । उनले चालू आवमा उक्त क्षेत्रकाे विकासका लागि बजेट विनियोजन गरिनेछ ।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले आफ्नाे कार्यकालमा उक्त परियाेजना पुरा गर्ने प्रतिबद्धता जनाए । यस्तै उनले छानाे कार्यक्रमका लागि सरकारले कम बजेट पठाइदिदाँ समस्या भएकाे छ ।

गणेश मावि राँकामा रहेकाे समस्या समाधानका लागि स्थानीय सरकार लागिपर्नेछ । उक्त अवसरमन वडा सचिव मीन बहादुर डाँगीले वडामा आव २०८०/०८१ मा सम्पन्न याेजना बारे जानकारी गराएका थिए ।

उनले उक्त वर्ष गाउँपालिका अनुदान, प्रधानमन्त्री राेजगार, मुख्यमन्त्री राेजगार, अध्यक्ष  र उपाध्यक्ष कार्यक्रम सहित ३० वटा याेजना सञ्चालन भएकाे बताए । चालू आव २०८१/०८२ विभिन्न शीर्षकमा ३८ कार्यक्रम लागू छन् ।

तातोपानी गाउँपालिकाकाे आर्थिक सहयाेग र तातोपानी मल्टिमिडिया प्रा.लि.काे सहजीकरणमा सार्वजनिक सुनुवाइ  कार्यक्रम भइरहेकाे छ । अहिलेसम्म तातोपानी ८ वटा वडामध्ये वडा नम्बर १,२,३,४,५ र ६ मा सम्पन्न भइसकेका छन् । अब वडा नम्बर ७ र८ मा बाँकी छ ।

उक्त अवसरमा स्थानीय समाजसेवी,बुद्धिजीवी,महिला, बालबालिका,जनप्रतिनिधिसहित पत्रकारहरूकाे सहभागिता रहेकाे थियोे ।